एमएम कपः सुर्य तामाङको धारिलो बलिङमा एपीएफको पहिलो जित
इनरुवा। सुनसरी इनरुवामा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिबसीय क्रिकेट प्रतियोगिता अन्र्तगत सोमबार भएको खेलमा सशस्त्र प्रहरी क्लब (एपीएफ)ले पहिलो जित हात पारेको छ
एपीएफले आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टर (एमएमसी) ईनरुवामाथि ८३ रनको जित हात पारेको हो।
सोमबार बिहान खराब मौसमको कारण ४५ ओभरमा छोट्याइएको खेलमा एपिएफले टस जितेर ब्याटिङ गर्ने निणय गरेको थियो। उसले ३४ ओभर ४ बलमा सबै विकेट गुमाएर २०४ रन बनायो।
एपीएफका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका सुमित मर्हजनले १०७ बलमा ७ चौकाको मद्दतले अर्धसकतक प्रहार गर्दै ८३ रन बनाएपछि उसले चुनौतीपूर्ण स्कोर खडा गरेको थियो।
जवाफि ब्याटिङमा २०५ रनको लक्ष्य लिएर मैदानमा आएको आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टर (एमएमसी) ईनरुवाले ३६ ओभर दुई बलमा सबै विकेट गुमाउदै १२१ रन मात्र बनाउन सक्यो।
एमएमसीका लागि ओपनर सुशान्त तिमिल्सेना ९ रन, अर्का ओपनर रबि रोय २६ रन, बिबेक मेहता १५, अल्फाज मन्सुरी ३, रुपेश श्रीबास्तव २३, सरोज बस्नेत २, राकेश सोनी ७, सोनु मण्डल १ र रेवती यादब २ बनाएका थिए।
एपीएफका लागि बलिङमा सुर्य तमाङले ८ ओभर २ बलमा २ मेडन सहित २५ रन दिएर ४ विकेट, बसन्त रेग्मीले ७ ओभरमा १ मेडन सहित ९ रन दिएर ३ विकेट, यज्ञमान कुमाल २ विकेट र अमर सिंह रौटेलाले १ विकेट लिएका थिए।
सुमित मर्हजन म्यान अफ द म्याच भए।
आइतबार भएको खेलमा त्रिभुवन आर्मी क्लबसँग १०८ रनले पराजित भएको एपीएफलाई प्रतियोगितामा सेमिफाइनलमा पुग्ने संभावना जीवित राख्न यो खेल जित्नैपर्ने दबाब थियो।
Facebook Comment