अपाङ्गता परिचयपत्र बस्तीमा पुगी वितरण

डिसी नेपाल
२२ पुष २०७६ १०:२९

संखुवासभा । धर्मदेवी नगरपालिकाले १५० अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ।

नगरपालिकाका उपप्रमुख शोभा घिमिरेले अपाङ्गता भएका व्यक्तिलाई सहजहुने स्थानमा शिविर सञ्चालन गरेर अपाङ्गता परिचयपत्र वितरण गरिएको जानकारी दिए ।

नगरपालिकाले आफूहरुलाई पायक पर्ने स्थानमा शिविर सञ्चालन गरेर परिचयपत्र दिँदा औधि खुशी भएको फरक क्षमता भएका व्यक्तिहरुले बताएका छन्।

कर्यविधि बनाई परिचयपत्र वितरण गरिएको नगर प्रमुख रमेशकुमार जिमीले जानकारी दिए ।

उनका अनुसार फरक क्षमता भएका व्यक्तिलाई अपाङ्गताका आधारमा चार किसिमको परिचयपत्र वितरण गरिएको थियो।

शहरी स्वास्थ्य केन्द्र उद्घाटन

सङ्खुवासभाको चैनपुर नगरपालिका–४ को प्याङ्कोटमा शहरी स्वास्थ्य केन्द्रको चैनपुर नगरपालिकाका नगरप्रमुख भरतकुमार खत्रीले शुभारम्भ गरे ।

सोही नगरपालिकाको वडा नं ११ को सालडाँडा, वडा नं १ को गुफापोखरी, वडा नं ३ को रातमाट र ८ को बानेश्वरमा समेत शहरी स्वास्थ्य केन्द्रको सञ्चालनमा आइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *