पार्टी भित्र विकसित भएको परिस्थितिलाई समाधान गरेर अगाडी बढ्न जिल्ला सभापतिहरुको सुझाव

डिसी नेपाल
२२ पुष २०७६ २०:४९

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट जिल्ला सभापतिहरुको देस्रो दिनको भेलामा सभापतिहरुले पार्टी भित्र विकसित भएको परिस्थितिलाई समाधान गरेर अगाडी बढ्न सुझाव दिएका छन् ।
महासमितिले गरेको निर्णय केन्द्रीय समितिले उल्ट्याएको अवस्थामा फेरी केन्द्रीय समितिको बहुमतले नै एकतर्फी रुपमा विधान निलम्बित गर्ने काम गरेकाले समस्या आएको र यसलाई सच्याएर अगाडी बढन सुझाव दिएको नुवाकोटका सभापति जगदीशनरसिंह केसीले जानकारी दिए । उनले १४ औं महाधिवेसनको कार्यतालिकामा पार्टी भित्र सहमति, सहकार्य र एकतालाईक कायम राखेर ल्याउन नसकेको भन्दै आलोचना समेत गरे ।

पौडेल पक्ष जिल्ला सभापतिहरुको भेला चलिरहेको बेला केन्द्रीय कार्यालय परिसरमै भेटिएका पार्टी सभापति शेरबहादुर पक्षका केही नेताहरुले भने लोकतान्त्रिक विधि र प्रकृयाबाट केन्द्रीय कार्यसमितिले गरेका निर्णयहरुको भावनालाई बुझेर असन्तुष्ट नेताहरुलाई सुझाव दिने विश्वास रहेको बताएका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले पार्टी भित्र देखिएको बेमेललाई मेलमा परिणत गराउन र सबै विषयको समाधान गर्न जिल्ला सभापतिहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

त्यस्तै, कांग्रेसका सहमहामन्त्री प्रकासशरण महतले नेपाली कांस्रेस अधिवेशन तर्फ केन्द्रीत भएर लाग्नुपर्ने र कार्यतालिकामा परिमार्जन गर्न सभापति तयार रहेको बताउँदै यो भेलाले पनि कांग्रेसलाई तितर बितर पार्न भन्दा एकिकृत भएर अगाडि बढ्न सुझाव दिने बताए ।

त्यस्त,ै अर्का नेता नविन्द्रराज जोशीले पार्टीका जिल्ला सभापतिहरुको परामर्शबाट नेपाली कांग्रेसको महाधिवेशनको सुनिश्चितता कसरी गर्ने भन्ने सुझाव आउने बताए । उनले पार्टी सभापतिले एकतर्फि रुपमा निर्णय गरेको भन्दै सभापतिहरुले आलोचना गरेको बताए । उनले महाधिवेसनको कार्यतालिका परिमार्जन, विभाग गठन लगायतका विषयमा दवाव सिर्जना गर्न र कसरी अगाडी बढ्ने भन्ने रणनीति निर्माणमा सघाउ पुग्ने बताए ।

नेपाली कांग्रेसको पुष ११ गतेको केन्द्रीय कार्यसमितिको बैठकले बहुमतको आधारमा २०७७ फागुन ७ देखि १० गते सम्म महाधिवेसन गर्ने, त्यस्तै विभागहरुको संख्या बढाई ४७ पु¥याउने लगायतका निर्णय गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समितिले एकलौटी निर्णय गरेको भन्दै आफु निकट जिल्ला सभापतिहरुको भेला बोलाएको हो । दुई दिनदेखी जारी भेला बुधबारपनि चल्ने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *