उखु किसानको पैसा तिरेपछि महालक्ष्मी सुगर मिल आजदेखि पुनः सुचारु हुने

डिसी नेपाल
२३ पुष २०७६ ८:०१

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–६ बगदहमा रहेको महालक्ष्मी सुगर मिल सञ्चालन आउने भएको छ।

किसानलाई भुक्तानी गर्नुपर्ने गत वर्षको बक्यौता रकम मिल सञ्चालक वीरेन्द्र कनौडियाले मङ्गलबार बैंकमा जम्मागरिदिएपछि मिल आजदेखि सञ्चालनमा आउन लागेको हो।

सञ्चालक कनौडियाले रु ११ करोड २६ लाख भुक्तानीका लागि बैँकमा जम्मा गरिदिएका थिए ।

गोडैता नगरपालिका प्रमुख देवेन्द्रकुमार यादवले सञ्चालकले किसानको पाउनुपर्ने रकम जम्मा गरिदिएपछि मिल सञ्चालनमा आउने जानकारी दिए ।

सो मिलले किसानको करीब रु २१ करोड बाँकी भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ।

“किसानको खातामा बुधबारदेखि पैसा भुक्तानी हुन्छ”, उनले भने, “किसानको खातामा पैसा राख्ने भएपछि उद्योग पनि आजदेखि सञ्चालन हुन्छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *