कान्छी च्याप्दै कमरेडहरु कुलेलाम
काठमाडौँ । दुनियाँ बदल्न हिँडेका मान्छेहर नै यसरी बदलिए कि, सन्दा पनि घृणा लाग्ने ।
निर्धालाई लाग्ने कानुन शक्तिको आवरणमा ढाकिएकाती मानिसहरुको हकमा लागु नहुँदा अहिले थुप्रै चेली प्रताडिन जीवन बिताउन बाध्य छन् ।
शुरु गरौँ नेकपाका अध्यक्ष प्रचण्डकै निवासबाट । प्रचण्डका प्रमुख स्वकीय सचिव हुन् जोख बहादुर महरा । आफैँमा सरल सचेतर निष्ठावान राजनीतिक व्यक्ति ।
तर रनैका छोराहरुले पत्नीलाई सडकतिर बिचल्ली पारेर राम्री च्याप्दै तमाशा गरेका छन् ।
अक्सर माओवादी जनयुद्धको पृष्ठभूमिबाट आएका त्यसमा पनि रोल्पालीहरु यस्तो क्रियाकापमा बढी बद्नाम छन् ।
परिवर्तनका लागि लडिएको जनयुद्धको उर्वर भूमि मानिने रोल्पाको पछिल्लो पहिचान नै बनेको छ, पत्नीपीडक कम्युनिष्टको जिल्ला । जोख बहादुरका २ छोरामध्ये जेठा छोरा हुन् रत्न । म्याग्दीको बेनी अक्रमणमा एउटा खुट्टा गुमाएपछि उनलाई सीता शाहसँग दाम्पत्य जीवन बिताईरहन मन लागेन र अर्कीसँग दिल बसेपछि पत्नीलाई बिचल्ली बनाए।
अहिले सीता राष्ट्रिय खेलकुद परिषद्मा जागिरे छिन् । कान्छा छोरा हुन् तुकमान । उनले १४ वर्षको उमेरदेखि जनयुद्धमा लागेकी पत्रकार मनिषा श्रेष्ठसँग विवाह गरेका थिए ।
एकीकरणअघि कान्तिकारीका उपमहासचिव । तर एकीकरणपछि बनेको अनेरास्ववियूमा तुकमान कतै राखिएनन् । कारण हो जेठी पत्नी मनिषा र २ सन्तानलाई बिचल्लीमा पारेर कान्छी तामाङ्नीबाट बच्चा जन्माउनु र परिवारसँग सम्पर्क विहिन हुनु ।
जनयुद्द कालमा पाँचौ डिभिजन कमान्डर थिए सुनिल थापा । ०६२ मंसिरमा रोल्पा जिनवाङ्को हवाई आक्रमणमा मारिए । उनकी श्रीमती रोल्पास्थित उनकै नाममा कामय गरिएको सुनिल स्मृती गाउँपालिकामा उपाध्यक्ष छिन् ।
छोरा विजयी पार्टी जिल्ला कमिटी सदस्य थिए । पार्टी फुट्दा वैद्यतिर लागे । वैदबाट निस्क्रिय भए । आमाचाहिँ प्रचण्डकै पार्टीमा । विजयले पहिलो पत्नीबाट सन्तान जन्माएपनि अर्को घरजम गरे ।
पहिलो पत्नीको कुनै वास्ता छैन । अर्को श्रीमतीबाट पनि बच्चा जन्मिएका छन् । पहिलो पत्नी जनयुद्धबाटै आएकी हुन्् ।
उपराष्ट्रपति, सभामुख अनेकथान मन्त्रीको जिल्ला । द्धन्दकालमा साँस्कृतिक बिजलन गर्ने भन्दै श्रमशिविरमा पठाउने मोसो दल्ने, चारपाटा मोड्ने यिनै अनि कम्युनिष्टको क पनि उच्चारण गर्न नजान्ने नक्कली मायालुसँग रम्नु जम्नुपर्ने पनि यिनैलाई । जनआस्था साप्ताहिकबाट
Facebook Comment