मेडिकल कलेजमा आर्थिक नाकाबन्दी लगाइने चिकित्सा शिक्षा संघर्ष समितिको चेतावनी

डिसी नेपाल
२३ पुष २०७६ १४:३९

काठमाडौं। चिकित्सा शिक्षा संघर्ष समितिले मेडिकल कलेजमा आर्थिक नाकाबन्दी लगाउने चेतावनी दिएका छन्। बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन आयोजना गरी समितिका संयोजक प्रकाश चन्दले कठोर आर्थिक नाकाबन्दीको शुरुवात चितवन मेडिकल कलेजबाट गरिने चेतावनी दिएका हुन्।

‘शुल्क फिर्ता नगरे कठोर आर्थिक नाकाबन्दी लगाउनेछौं,’ चन्दले भने, ‘विद्यार्थीसँग सबै आर्थिक कारोबार ठप्प पारिनेछ र शुरुमा चितवन मेडिकल कलेजलाई कठोर आर्थिक नाकाबन्दी लगाइनेछ।’

आउने दिनमा सरकारले तोकेको, निर्णय गरेको, केलेज प्रशासनसँग विद्यार्थीले मागेको अत्यावश्यक मागहरु लागू नगरेमावा पूरा नगरेमा कठोर निर्णय लिन वाध्य हुने उनको चेतावनी थियो। कलेज प्रशासनले झुठो र फर्जी षड्यन्त्रपूर्ण समायोजनका विरुद्ध कठोर नाकाबन्दीमा जाने अवस्थामा पुग्न लागेको उनको भनाइ थियो।

चन्दले चिकित्सा शिक्षामा चरम लुट, भ्रष्टाचार र कालोबजारी र विकृतिपूर्ण व्यापारको अवस्था अन्त गर्न आन्दोलनको स्वरुप परिवर्तन गर्दै नयाँ उचाईमा पुर्याइने बताए। आन्दोलन नरोकिएको स्पष्ट पार्दै उनले भने, ‘हाम्रो आन्दोलन रोकेका छैनौं यसको रुप परिवर्तन हुनेछ।’

अब हुने आन्दोलनले माफियाको पैसा नष्ट गर्ने उनको भनाइ थियो। माफियासँग लड्न सडकबाट बलिदान समेत दिनतयार रहेको उनले बताए । उनले भने, ‘न्याय नपाएसम्म हामीले गरेको आन्दोलन रोकिने छैन्।’ नयाँ स्वरुपको आन्दोलनमा कठोर रुपमा प्रस्तुत हुने बताए।

पहिलो र दास्रो वर्षका विद्यार्थीको पैसा फिर्ता नभए सम्म अब तिर्नु पर्ने पैसामा रोक लगाउने बताए। उनले भने, ‘माफिया र माफियासँग मिलेका सम्बन्धित निकाय सम्मलाई हामी नाङ्गेझार पारेरै छाड्छौं।’ मेडिकल शिक्षा माफिया मुक्त बनाउन सरकार गम्भीर नभएको उनको आरोप थियो। उनले भने, ‘सरकारले खुल्ला रुपमा भन्नुपर्यो कि हामी माफियालाई साथ दिन्छौं।’ राज्यलगायत सम्पूर्ण सरोकारवाला लाचार रहेको उनले बताए।

संघर्ष समितिकी मान्यता थापाले सरकार मेडिकल विद्यार्थीको जायज मागमा गम्भीर नरहेको आरोप लगाइन्। पाँच महिना अगाडि औपचारिक रुपमा संघर्षको शुरुवात गरेपनि सरकार यस विषयप्रति गम्भीर नरहेको बताइन्।

उनले भनिन्, ‘मंसिर १० बाट मन्त्रिपरिषदबाट गरिएको निणर्यले पहिलो र दास्रो वर्षका विधार्थीहरुको शुल्क फिर्ता गर्ने निणर्य कार्यवान्यनभएको छैन।’ पहिलो र दास्रो वर्षका विद्यार्थीहरुको मात्र रकम समायोजन नगरी सम्पूर्ण पारा मेडिक्सको शुल्क समायोजन गर्न माग गरिन्। अतिरिक्त शुल्कफिर्ताको मागगर्दा लात र जुत्ता खानु परेको उल्लेख गरिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *