युएईले सबै देशका नागरिकका लागि ५ वर्षका लागि पर्यटक भिसा दिने

डिसी नेपाल
२३ पुष २०७६ १५:२५

काठमाडौं। युएईले सबै देशका नागरिकको लागि ५ वर्षको पर्यटक भिसा दिने भएको छ । युएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री शेख मोहम्मद बिनले ट्वीटरमार्फत यसको जानकारी दिएका छन् ।

उनले ट्वीटरमा लेखेअनुसार यो भिसा बहुप्रयोजन सुविधासहितको हुनेछ । जसअनुसार एक पटक ५ वर्षको भिसा लिएपछि पर्यटक त्यो ५ वर्षको अवधिमा जुनसुकै बेला युएई जान र त्यहाँबाट बाहिरिन तथा फेरि फर्केर जान समेत स्वतन्त्र हुनेछन् । यो भिसा प्रणाली ४ महिनाभित्रमा सुरु गरिने जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *