रक्षामन्त्री पोखरेलद्वारा रत्न मन्दिर र हिमागृह निरीक्षण

डिसी नेपाल
२३ पुष २०७६ २०:५३

कास्की । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले पोखराको फेवाताल किनारमा अवस्थित रत्न मन्दिर र हिमागृहको बुधबार निरीक्षण गरेका छन् । मन्त्री पोखरेलसहित गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेशसभा सदस्य राजीव पहारी, ट्रष्टका पदाधिकारी एवं सञ्चालक समिति सदस्य, पर्यटन व्यवसायीहरुसमेत अवलोकनमा सहभागी थिए ।

दरबार रत्न मन्दिर र हिमागृह देशमा गणतन्त्र स्थापनापछि नेपाल ट्रष्टको स्वामित्वमा आए पनि हालसम्म सर्वसाधारणका लागि खुला गरिएको छैन । पछिल्ला वर्षहरुमा गण्डकी प्रदेश सरकार, पर्यटन व्यवसायी लगायतले दरबार खुला गरेर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न माग गरिरहेका छन् ।

अङ्ग्रेजी नयाँ वर्ष २०२० को अवसर पारेर गत पुस १६ गते रत्न मन्दिर खुला गरिने बताइए पनि अन्तिम समयमा आएर रोकिएको थियो । मन्त्री पोखरेलले दरबारभित्र रहेका संरचनाका बारेमा जानकारी लिँदै कसरी व्यवस्थित र उपयुक्त तरिकाले खुला गर्ने भन्ने बारेमा जानकारी लिएको बताइन्छ ।

नेपाल ट्रष्टको सञ्चालक समितिका अध्यक्षसमेत रहेका रक्षामन्त्री पोखरेलले दुवै दरबार पोखरेलीको सम्पत्ति भएकाले यहाँका जनताकोे भावनाअनुसार नै नियम, कानून र आवश्यक प्रक्रिया पूरा गरेर खुला गर्ने विश्वास दिलाएको प्रदेशसभा सदस्य पहारीले जानकारी दिए । पोखराका पर्यटन व्यवसायीले दरबार खुला गरेर पर्यटकीय गन्तव्यको बनाउँदा पर्यटकको आधा दिन बसाइ लम्बिने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *