अमेरिकाको ओहायोमा “मेरो डान्स कप” र “मेरो भ्वाईस कप” संस्करणको उदघाटन सम्पन्न

डिसी नेपाल
२४ पुष २०७६ १०:५३

डिसीनेपाल,

वाशिंगटन डिसी

अमेरिकाको ओहायो राज्य स्थित एक्रोनमा “मेरो डान्स कप” चौथो संस्करण र “मेरो भ्वाईस कप” दोस्रो संस्करणको उदघाटन सम्पन्न भएको छ । आयोजक सस्था इन्ट्रानेसनल वेल फेयर एन्ड सपोर्ट फाउन्डेशन अमेरिकाका प्रमुख कार्यकारी डिल्ली अधिकारी,बरीष्ठ लोकगायक प्रेम राजा महत तथा नायिका केकी अधिकारीले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन् गरेका थिए ।

बिश्वभर छरिएर रहेका नेपालीभाषी तथा नेपालीहरुलाई जोड्ने बृहत अभियानसंगै नेपाली कला संस्कृतिको जगेर्ना गर्न आफु र आफ्नो सस्थाले यो अभियान थालेको काय्रक्रम प्रमुख डिल्ली अधिकारीले जानकारी गराए। समारोहमा एक्रोन स्थित कायाहोगा फल्सका मेयर डन वाल्टर्स , कार्य्रक्रम निर्देशक मणि राई, आयोजक गोपाल धिताल लगायतले मन्तब्य राखेका थिए । अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गरिरहेका कलाकारहरु, नेपालबाट आएका कलाकार ,स्थानीय कलाकार र मेरो डान्स कप तथा मेरो भ्वाईस कप युएसएका बिगत का सिजनका बिजेता कलाकारहरुले कार्यक्रममा आफ्नो प्रस्तुती देखाएका थिए ।

वरिष्ठ गायक प्रकाश श्रेष्ठ,वरिष्ठ लोक गायकद्वय प्रेम राजा महत तथा नविन कुमार खड्का, नायक दिलिप रायमाझी , सुशिल छेत्री , मुकेश ढकाल , गायिका सपनाश्री ,अन्जु पन्त,नायिका सारंगा श्रेष्ठ, पूजा चन्द , मेलिना मानन्धर,अरुणिमा लम्साल, केकी अधिकारी , गायक शिव परियार,जगदीश समाल, बाबु बोगटी,महेश थुलुङ्ग ,किशोर सिवाकोटी , किरण गजमेर राजु लामा ( द एन्जल्स),हास्यकलाकार सन्दिप छेत्री लगायतले आफ्नो जोडदार प्रस्तुति दिएको सो कार्य्रक्रममा करीब पन्ध्र सयको सन्ख्यामा दर्शकको उपस्थिती रहेको थियो । ८ घण्टा सम्म चलेको सो कार्य्रक्रम संगै “मेरो डान्स कप” चौथो संस्करण र “मेरो भ्वाईस कप” दोस्रो संस्करणमा सहभागीताका लागि फर्म पनि खुल्ला गरिएकोछ । इच्छुक ब्यक्तीहरुले सहभागीताका लागि ” मेरो डान्स कपको फेसबुक पेजबाट आबेदन दिन सक्नेछन ।

अमेरिका र क्यानाडामा बसोबास गर्ने नेपालीभाषीहरुले यि प्रतियोगीताहरुमा भाग लिना पाउने छन । बिजेतालाई टोयोटा कार, सुनको कपसंगै थुप्रै आकर्शक पुरस्कारहरु प्रदान गरिने आयोजक टिमका सदस्य नायक दिलिप रायमाझीले जानकारी गराएका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *