प्रिमियर लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विश्व तिमिला
काठमाडौँ । प्रिमियर लाइफ इन्स्योरेन्सको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा विश्व तिमिला चयन भएका छन् ।
यस कम्पनीको अधिकृत पदमा नियुक्त भएका तिमिला बीमा क्षेत्रमा झण्डै चार दशकदेखि कार्यरत छन् ।
विक्रम सम्वत् २०३७ सालदेखि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा बजार अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका तिमिलाले २०५३ सालमा नेको इन्स्योरेन्समा वरिष्ठ प्रबन्धकको रुपमा प्रवेश गरी २०७२ देखि २०७६ सम्म प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।
प्रतिक्रिया
Facebook Comment