अमेरिका इरानबीच तनाब बढिरहेका बेला खाडी क्षेत्रमा भारतीय युद्धपोत तैनाथ

डिसी नेपाल
२४ पुष २०७६ ७:२१

एजेन्सी । इरान र अमेरिकाबीचको विवाद उत्कर्षमा पुगेका बेला भारतले सो क्षेत्रमा आफ्नो युद्धपोत तैनाथ गरेको छ ।

कुनैपनि परिस्थितिको सामना गर्नका लागि भारतीय नौसेनाले खाडी क्षेत्रमा आफ्नो युद्धपोत तैनाथ गरेको जनाएको छ ।

यो युद्धपोत अमेरिका-इरानसँग लड्न नभई आफ्नो व्यापारिक मार्गको कारोबार सुरक्षित बनाउन भएको  भारतीय सञ्चार माध्ययमहरुले जनाएका छन् ।

पछिल्लो समय इरानका सैन्य कमान्डर कासिम सुलेमनी अमेरिकी एयर स्ट्राइकमा मारिएपछि अमेरिका र इरानबीच विवाद चरम बिन्दूमा पुगेको छ ।

बुधबार इरानले इराकमा रहेका अमेरिकी सैन्य क्याम्पमा मिसाईल आक्रमण गरेको थियो । इरानले यसलाई आफ्नो अमेरिका माथिको कारवाही भनेको छ।

उक्त हवाई आक्रमणमा अमेरिकी सेना सहित ८० जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । तर अमेरिकाले भने यस हमलामा परी कसैको ज्यान नगएको दाबी गरेको छ ।

बुधबार इरानले इराकमा रहेका आफ्ना सैन्य क्याम्पमा मिसाईल आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलन गरेर आवश्यक परे मध्यपूर्व क्षेत्रमा शक्ति थप्ने घोषणा गरेका छन् ।

ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले इरानले आफ्नो रवैया परिवर्तन नगरेसम्म अमेरिकाको प्रतिबन्ध जारी राख्ने र अमेरिकी नागरिक वा सेनामाथि कुनै आक्रमण भए थप नाकाबन्दी लगाउने चेतावनीसमेत दिएका छन्।

मध्यपूर्वमा शक्ति थप्ने ट्रम्पको घोषणा

इरान अमेरिकासँग पछि हट्दैनः राष्ट्रपति रौहानी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *