माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द्र सञ्चालन, यस्ता छन् सुविधा

डिसी नेपाल
२४ पुष २०७६ ९:१७

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना ग्राहकरुलाई नयाँ सेवाको शुरुवात गरेको छ।

बैंकले ‘माछापुच्छ्रे ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । बैंकले अन्तराष्ट्रिय स्तरको प्रविधीमा आधारित एस आईपी पीबिएक्समा भएको आईभीआर बैंकिङ्ग र अडियो नोटिस बोर्डसहितको अत्याधुनिक प्रविधिको ओम्नी च्यानल ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याइएको जनाएको छ।

जस अन्तर्गत ग्राहकहरुले विभिन्न सामाजिक सञ्जालमार्फत माछापुछ्रेको उक्त सेवामा आवद्ध हुन सक्नेछन्।

जसको कारण देश तथा विदेशमा रहेका ग्राहकहरुलाई बैंकसँग सम्बन्धित सूचना आदान–प्रदान गर्नको लागि उक्त प्रविधिले सहयोग पुर्याउने विश्वास बैंकले लिएको छ।

त्यसको लागि ग्राहकहरुले ०१५९७०५५५ मा सम्पर्क गरि आफुलाई आवस्यक पर्ने बैंकिङ्ग कारोबार सम्बन्धी जुनसुकै जानकारी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

साथै उक्त नम्बरमा सम्पर्क गरि ग्राहकहरुले सेवाु सुविधाको मात्र जानकारी नभएर सूचना प्राप्त गरि गुनासाहरु समेत दर्ता गर्न सक्नेछन्।

मुलुकभर हाल बैंकले आफ्नो सञ्जाल विस्तार गरि १४५ शाखा कार्यालय मार्फत सेवा प्रदान गरिरहेको छ।

त्यस्तै बैंकको देशभर १३८ शाखारहित बैंकिङ्ग सेवा, १७९ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *