मलेसियामा कार दुर्घटना, घटनास्थलमै दुई नेपालीको मृत्यु
क्वालालम्पुर । मलेसियामा नेपाली सवार कार दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । बिहीबार बिहान मलेसियास्थित निलाईमा ट्रकसँग कार ठोकिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
ज्यान गुमाउनेहरुमा दोलखाका राजकुमार श्रेष्ठ र सुर्खेतका रमेश पोखरेल रहेका छन् । श्रेष्ठ बिगत एक दशकदेखि मलेसियामा रेष्टुरेन्ट ब्यबसाय गर्दै आएका थिए भने पोखरेल सोही रेष्टुरेन्टमा काम गर्थे।
स्थानीय समयअनुसार बिहान करिब साढे ५ बजे उनीहरु निलाईकै हारतालीका ग्लोब कम्पनीका कामदारहरूलाई खाना पुर्याउन गएका थिए । उनीहरु सवार कार सोही दिशातर्फ गुडिरहेको ट्रकसँग ठोकिएको थियो । कार पनि पूर्णरुपमा क्षति भएको नेपाली व्यवसायी फुर्बा दोर्जे तामाङले बताए।
प्रतिक्रिया
Facebook Comment