इरान–अमेरिका तनावः खाडीमा रहेका नेपालीको आवश्यकताअनुसार उद्धार गरिने

डिसी नेपाल
२४ पुष २०७६ १६:४१

काठमाडौं। पछिल्ला दिनहरुमा इरान र अमेरिकाबीच तनाव बढेपछि नेपालले पनि खाडी क्षेत्रका देशहरुमा रहेका नेपालीको सुरक्षाका लागि आवश्यक कार्य गर्ने निर्णय गरेको छ। सरकारले पश्चिम एशियामा उत्पन्न परिस्थितिमाथि निगरानी गरिरहेको भन्दै आवश्यक परेमा उद्धार गर्ने तयारी गरेको हो।

बिहीबार परराष्ट्र मन्त्रालयमा नेपाली सेना, श्रम मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय, वैदेशिक रोजगार विभाग र अध्यागमन विभागका उच्च अधिकारीको बैठक भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

पररषट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उच्च अधिकारीहरुसँग पश्चिम एशियामा उत्पन्न परिस्थितिबारे जानकारी लिएका थिए। त्यसपछि खदाडी क्षेत्रमा रहेका नेपालीहरुको सुरक्षाका लागि आवश्यक कदम चाल्न र परिस्थितिको मुल्यांकन गर्न एक समिति पनि बनाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

अमेरिकी आक्रमणमा गएको शुक्रबार इरानी सेनाका उच्च कमाण्डर मारिएपछि इरान र अमेरिकाबीच युद्धको जस्तै अवस्था बनेको छ।

इरानले आफ्ना सैन्य कमाण्डर मारितएको प्रतिशोधमा इराकस्थित अमेरिकी सैन्य अखडा र अमेरिकी दूतावासमा आक्रमण गरेको छ।

हाल नेपालीहरु इरान, इराकलगायत अन्य खाडी मुलुकहरुमा पनि छन्। त्यसैले खाडीमा युद्ध चर्किए कसरी आफ्ना नागरिकहरुलाई सुरक्षित उद्धार गर्ने भनेर सरकारले आवश्यक तयारी थालेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *