सडक दुर्घटनामा आठको मृत्यु

डिसी नेपाल
२४ पुष २०७६ १८:१५

हेफेइ । चीनमा भएको सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । देशको आन्हुइ प्रान्तमा पर्ने हेफेइमा बुधबार दिउसो भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

स्थानीय सार्वजनिक सेवा विभागका अनुसार स्थानीय समयानुसार दिउसो १।५० मा दुर्घटना भएको थियो । एउटा ट्रक र कार एक आपसमा ठोक्किएर दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको उनीहरुको भनाई छ ।

दुर्घटनामा परी मृत्यु भएका मध्ये ७ जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पताल पुगेपछि मृत्यु भएको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *