इराकबाट किन फर्किँदैन अमेरिकी सेना?
बग्दाद (बीबीसी) । इरानी सैन्य कमाण्डर कासिम सुलेमानी मारिएको प्रतिक्रिया दिँदै इराकी संसदमा गएको पाँच जनवरीमा इराकबाट अमेरिकी सेनालाई हटाउन एक् प्रस्ताव पारित गरियो।
यो प्रस्ताव त्यो सम्झौता रद्द गर्नका लागि थियो, जसअनुसार अमेरिकी सेनालाई इस्लामिक स्टेटसँग लड्न अनुमति छ।
३ जनवरीमा इराकस्थित बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर अमेरिकाले कासिम सुलेमानीको हत्या गरेको थियो। यसलाई लिएर इराकको संसदले कडा प्रतिक्रिया दियो। र अमेरिकी सेनालाई इराक छोड्न भन्यो।
इराकमा अमेरिकी बल र इरान समर्थित बल पपुलर मोबिलाइजेशन यूनिट्स (पीएमएफ)बीच टकराव बढिरहेको छ। अमेरिकी सेनालाई इराकबाट हटाउने प्रस्तावमा मतदान हुनुअघि इराकी प्रधानमन्त्री आदिल अब्दुल महदीले विदेशी सेनाले अब इराक छोड्नुपर्ने बताएका थिए। उनले सुलेमानीले यो क्षेत्रमा तनाव कम गर्ने प्रयास गरिरहेकोसमेत बताएका थिए।
इराकको संसदमा प्रस्ताव त पारित भयो, तर, धेरैजसो कुर्दिश र सुन्नी सांसदहरुले यो प्रस्तावलाई बहिस्कार गरे। यो प्रस्तावको समर्थन् मुख्यरुपमा शिया पार्टीहरुले गरेका थिए। संसदमा कैयौं सांसदहरुले इराकबाट विदेशी सेनालाई फिर्ता पठाउनुपर्नेमा जोड दिए।
एटलान्टिक काउन्सिलका इराक इनिशिएटिभका निर्देशक अब्बाश खादिम भन्छन्, ‘इराकको संसदमा भएको यो मतदान निकै महत्वपूर्ण छ। प्रतिकात्मक र वास्ताविक रुपमै यसले अर्थ राख्छ। यसअघि इराले २०११ मा पनि यस्तै गरेको थियो। त्यो बेला इराकीहरुले राष्ट्र हितभन्दा सम्प्रभुतालाई महत्व दिएका थिए। इराकका अगाडि इरान र अमेरिका छन्। हालको सरकारले इरानप्रति धेरै सहानुभूति राछ।’
स्कोक्रोपट सेन्टरका स्ट्राटिजी एण्ड सेक्युरिटीज मिडिल ईस्का निर्देशक क्रिस्टन फोन्टेरोज भन्छन्, ‘इराकको संसदमा पारित भएको प्रस्ताव बाध्यकारी होइन। यो प्रस्तावले इराकी सरकारलाई अमेरिकी सेना फिता गराउन भन्छ। तर अमेरिकाको इराकमा उपस्थिति इराक सरकारको कार्यकारी निर्णयको अधारमा हुन्छ। यो निर्णयलाई रद्द कार्यकारी निर्णयबाटै लिन सकिन्छ। इरामा हाल जो सरकार छ त्यो कार्यबाहक हो र उसँग यो मामिलमा कुनै संवैधानिक अधिकार छैन। संसदमा मतदानले इराकी नेतृत्वको मनसाय देखाउँछ। यो मामिलामा खुला मतदान भएको थियो। गोप्य मतदान भएको भए नतिजा फरक पनि आउन सक्थ्यो।’
यसै संस्थाका उपनिर्देशक म्याथ्यू क्रोइंग भन्छन्, ‘अमेरिकी सेना फिर्ता जान सक्छ, तर, यो इराकका लागि पनि त्यति सजिलो छैन। यदि अमेरिकी सेना फिर्ता गयो भने इराकमा इरानको नियन्त्रण हुनेछ। यस्तो अवस्थामा केही गनुअघि इराक सरकारले दश पटक सोच्नेछ।’
ट्रम्प प्रशासनले मंगलबार जोड दिएर अमेरिकी सेना इराकमा मौजुद रहने बताएको छ। ट्रम्पले इराकबाट अमेरिकी सेना फिर्ता भए भने त्यो इराकका लागि साह्रै नराम्रो हुने बताएका छन्। उनले इराकबाट अमेरिकी सेना फिर्ता गर्ने यो सही समय नभएको बताएका छन्।
मंगलबार इराकका प्रधानमन्त्रीले अमेरिकी सेनाले सैनिकहरुको फिर्ताका लागि पत्र पठाएको बताएका थिए। मंगलबार अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले यो विषयमा एक रिपोर्ट प्रकाशित गरेको थियो। तर, पछि यो मामिललाई लिएर कन्फ्युज बढेको थियो।
इराकका प्रधानमन्त्री अब्दुल महदीले आफ्नो सरकारलाई अंग्रजी र अरबी भाषाको अमेरिकी सेनाको पत्र प्राप्त भएको तर, दुबै पत्र एकनासका नरहेको बताएका थिए। यस्तो अवस्थामा इराकले यो विषयमा अमेरिकाको प्रष्ट योजना मागेको छ। अब पेन्टागन अथवा अमेरिकी रक्षा मन्त्रालयले गल्तीले सैनिक फिर्ताको पत्र गएको स्वीकार गरेको छ।
सीउनएन्लाई दिएको अन्तर्वार्तामा अमेरिकी रक्षा मन्त्री मार्क एस्परले भनेका छन्, ‘त्यो पत्रको मस्यौदा थियो र यसमा कसैको हस्ताक्षर थिएन। यस्तो अवस्थामा यो पत्रले इराकी अधिकारीहरुका लागि कुनै अर्थ राख्दैन। यसको कुनै महत्व छैन। म स्पष्ट भन्छु अमेरिकी सेना फिर्ता हुन लागेको छैन। यो विषयमा मैले इराकी रक्षामन्त्रीसँग कुरा गरेको छु। मैले भनिदिएको छु, हाल सेना फिर्ता गर्ने कुनै योजना बनाइएको छ। हामी इस्लामिक स्टेटसँग लड्न जारी राख्ने छौं।’
अर्कोतफए इरान चाहन्छ अमेरिकी सेना तत्काल इराकबाट बाहिरियोस। इरानका विदेश मन्त्री जवाद जरीफले सीउनएनलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘मध्यपूर्वम हामीसँथ जनता छन्। हामी यहाँका मानिसहरुको साथमा छौं। अमेरिकी राष्ट्रपतिले आफुसँग कैयौं ट्रिलियन डलरका राम्रा हतियार रहेको बताइरहेका छन। उनलाई थाहा होला राम्रा हतियार हुनेहरु संसारमाथि शासन गर्न सक्दैनन्। संसारमा मानिसहरुले मानिसहरुका लागि शासन गर्छन्। मध्यपूर्वका मानिसहरु अमेरिकासँग आक्रोशित छन्। उनीहरु चाहन्छन्, यो क्षेत्रबाट छिटै अमेरिका फिर्ता जाओस। अमेरिका यो क्षेत्रमा लामो समयसम्म रहन सक्दैन। मानिसहरु कुनै हालतमा अमेरिका यो क्षेत्रमा रहोस भन्ने चाहँदैनन्। राष्ट्रपति ट्रम्पलाई जे सूचना प्राप्त भएको छ, त्यो सही होइन। अमेरिकले पटक पटक आफ्नो गल्ति दोहोर्याउन सक्दैन। ट्रम्प मध्यपूर्वका साथै अमेरिकाका लागि पनि ठिक छैनन्।’
सद्दामको इराक र इरान विवाद
सद्दाम आफुलाई अरबदेशरुमा आफूलाई सबैभन्दा प्रभावशाली प्रमुख सम्झिन्थे। उनले १९८० मा नयाँ इस्लामिक क्रान्तिको प्रभावलाई कमजोर गर्नका लागि पश्चिमी इरानको सीमामा आफ्नो सेना तैनाथ गरे। यसपछि ८ वर्षसम्म चलेको युद्धका कारण लाखौं मानिसहरुले ज्यान गुमाउनु पर्यो।
यसैक्रममा जुलाई १९८२ मा सद्दाम हुसेनले आफूमाथि भएको एक आत्मघाती आक्रमणपछि शिल्या बाहुल्य दुजैल गाउँमा १४८ जनाको हत्या गराइ दिए। मानवअधिकारको उल्लंघन भए पनि अमेरिकाले यो बेलासम्म सद्दामलाई साथ दियो।
इराक शिया बहुल देश हो तर, सद्दाम सुन्नी थिए। यस्तो अवस्थामा इरानसँग इराकका शियाहरुको सहानुभूति सँधै रह्यो।
इराकी संसदका सभामुख मोहम्मद अल हलबौसीले इराक सरकारसँग आफ्नो सम्प्रभुतालाई बचाउने र देशलाई युद्ध मैदान हुनबाट रोक्ने अधिकार रहेको बताएका छन्। उनले इराकका सबै दलहरुलाई विवेकपूर्ण रुपमा काम गर्न आग्रह गरे। उनले इराकस्थित अमेरिकी सैन्य अखडामा इरानले गरेको आक्रमण आफ्नो मुलुकको संप्रभुताको उल्लंघन भएको बताए। उनले भने, ‘इराकको संप्रभुता बचाउका ललागि सरकारले आवश्यक कदम चाल्नुपर्छ। इराक बिनाकारण युद्धको मैदान बनिरहेको छ। हामी यो टकरावमा कसैको पक्षमा छैनौं।’
Facebook Comment