राष्ट्रियसभा सदस्य उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

डिसी नेपाल
२५ पुष २०७६ ६:०८

काठमाडौँ । आगामी माघ ९ गते सम्पन्न हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारहरुको अन्तिम नामावली र चुनाव चिन्ह वितरण हुने भएको छ।

उम्मेदवारले नाम फिर्ता लिन बिहीबार बिहान १० बजे देखि अपरान्ह ४ बजेसम्म निर्धारण गरिएकामा मनोनयनपत्र दर्ता गरेका कुनै पनि उम्मेदवारले आफ्नो नाम फिर्ता नलिएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आज पुस २५ गते बिहान १० बजे देखि दिउँसो १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिनको १ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यको पदावधि छ वर्षको हुन्छ । संविधानको धारा ८६ ९३ं० बमोजिम प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुदैंछ । स्थायी सदनका रूपमा रहेको राष्ट्रिय सभामा ५९ सदस्य हुन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *