कांग्रेस विवाद समाधानतर्फ, कार्यतालिका परिमार्जन गर्न संस्थापन तयार !

डिसी नेपाल
२५ पुष २०७६ ७:३७

काठमाडौं। संस्थापन पक्षले बहुमतको आधारमा महाधिवेशनको मिति तोक्नेदेखि आफ्नो अनुकुल हुने गरी विभाग थप गर्दै गठन गरेपछि आक्रोशित बनेको संस्थापन इतर पक्षका जिल्ला सभापतिहरूको भेलाले दबाब दिएपछि पार्टीको १४औं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्न नेपाली कांग्रेसको संस्थापन पक्ष सकारात्मक देखिएको छ।

बहुमतीय प्रक्रियाबाट गरिएका निर्णय मान्य नहुने भन्दै इतर समूहनिकट जिल्ला सभापतिहरू एक ठाउँमा उभिएपछि संस्थापन समूह महाधिवेशनको कार्यतालिका परिमार्जन गर्न सकारात्मक देखिएको हो।

पुस ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयपछि असन्तुष्ट बनेको इतर समूहका जिल्ला सभापतिको भेलाले दबाव दिएपछि सभापति देउवाले निर्णय सच्याउन तयार भएको संकेत गरेका हुन्। संस्थापन पक्षले असन्तुष्ट पक्षलाई वार्ताका लागि आग्रहसमेत गरेको छ। दुवै पक्षलाई मिलाउन र सभापतिको सन्देशको आदान प्रदान सहमहामन्त्री डा. प्रकाशशरण महतले गरिरहेका छन्।

उता सभापति शेरबहादुर देउवाले असन्तुष्ट पक्षका जिल्ला सभापतिलाई बिहीबार आफ्नो निवास बुढानिलकण्ढमा बेलाएर छलफल गरेका थिए। देउवाले जिल्ला सभापतिहरुलाई चियापानका लागि निम्ता गरेका थिए। उक्त छलफलमा सभापति देउवाले आफूहरु सहमतिका साथ अगाडि बढ्न तयार रहेको जनाएका थिए।

बहुमतीय प्रक्रियाबाट गरिएका निर्णय मान्य नहुने भन्दै इतर समूहनिकट जिल्ला सभापतिहरू एक ठाउँमा उभिएपछि संस्थापन समूह महाधिवेशनको कार्यतालिका परिमार्जन गर्न सकारात्मक देखिएको हो।

जिल्ला सभापतिहरुले सभापति देउवासँगको भेटमा जिल्ला सभापतिहरुले आफ्नो असहमतिका कुरा राखेको जुम्ला जिल्ला सभापति दीपबहादुर शाहीले बताए। सदस्यता वितरणसम्बन्धि विधानको धारा निलम्बन गरेको र महाधिवेशनको कार्यतालिकाका विषयमा आफूहरुले असन्तुष्टि राखेको उनले बताए।

सभापति देउवाले नेता रामचन्द्र पौडेलले बोलाएको भेलामा आउने अनि मलाइ नबोलाउने भनेर सभापति देउवाले चित्त दुखाएको उनले सुनाए
नेपाली कांग्रेसको पुष ११ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले बहुमतको आधारमा २०७७ फागुन ७ देखि १० गते सम्म महाधिवेसन गर्ने, विभागहरुको संख्या ४७ पुर्याउने निर्णय गरेपछि वरिष्ठ नेता पौडेल समूहले असन्तुष्टि थियो।

पौडेलले संस्थापन पक्षले एकलौटी निर्णय गरेको भन्दै जिल्ला सभापतिहरुको भेला बोलाएका थिए। भेला तीन दिनसम्म चलेको थियो। सभापति देउवाले बहुमतका आधारमा गरेका निर्णयहरू सच्याउनका लागि दबाब सिर्जना गर्न वरिष्ठ नेता पौडेलले ‘जिल्ला सभापति परामर्श बैठक’ नाम दिएर भेला बोलाएका थिए। भेलामा विभिन्न ४३ जिल्लाका सभापतिहरू सहभागी छन्।

संस्थापन इतर समूहले बोलाएको भए पनि भेलामा अहिलेसम्म धारणा राखेका जिल्ला सभापतिहरूले वरिष्ठ नेता पौडेलकै मात्र पक्षपोषण हुने गरी धारणा भने नराखेको बताइएको छ। ‘सभापतिहरू कसैले वान साइडेड भएर बोल्नुभएको छैन।

शेरबहादुर देउवाले गल्ती गरिरहँदा रामचन्द्र पौडेल, शशांक कोइरालाले पनि गल्ती गरिरहनुभएकै हो भन्ने भर्सन छ सबैको,’ भेलामा सहभागी एक जिल्ला सभापतिले भने। बहुमतीय प्रक्रियामा गएर महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने लगायतका निर्णय गर्ने र केन्द्रीय कार्यसमिति बैठक नै बहिष्कार गर्ने दुवै पक्षले छलफलमार्फत मध्यमार्गी बाटो अवलम्बन गर्नुपर्नेमा अधिकांश सभापतिको धारणा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *