आगामी फागुन १४ गते स्ववियु निर्वाचन

डिसी नेपाल
२५ पुष २०७६ ८:२३

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने समय तोकेको छ ।

बिहीबार बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने मिति तोकेको हो ।

स्ववियु निर्वाचन मिति तोकेसँगै त्रिविले आंगिक क्याम्पस र विद्यार्थीसँगठनहरुाई सूचना दिने काग सुरु गरेको छ ।

विद्यार्थी कल्याण विभागले स्ववियु निर्वाचनलाई लक्षित गर्दै विद्यार्थी भर्नालगायत काम सक्न क्याम्पसलाई ताकेता गरिसकेको छ ।

कार्यकारी परिषद्को बैठकले निर्वाचनसम्बन्धी प्रक्रिया थाल्न विभागलाई समेत परिपत्र गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *