इरानी मिसाइलले खसाएको युक्रेनको विमान?

डिसी नेपाल
२५ पुष २०७६ ८:१४

बीबीसी। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोसहित पश्चिमी मुलुकका केही नेताहरुले इरानी मिसाइलले गल्तीले युक्रेनको यात्रु वहाक विमान खसालेको दाबी गरेका छन। क्यानडा र बेलायतका नेताले विमान दुर्घटनाको छानवीन गर्न माग गरेका छन्। बुधबार युक्रेनको यात्रु वहान विमान तेहरानको विमानस्थलबाट उडान भरेको केही मिनेट मै दुर्घटनाग्रस्त भएको थियो। विमानमा सवार सबै १७६ यात्रुको मृत्यु भएको थियो।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले आफूलाई खुफिया जानकारी प्राप्त भएको र जसले युक्रेनको विमान इरानको जमीनबाट हावामा मार हान्ने मिसाइल लागेका कारण दुर्घटनाग्रस्त भएको बताए। उनले यो योजनाबद्ध रुपमा नगराइएको पनि बताए।

उनले विमान दुर्घटनाको पूरा छानवीन हुनुपर्ने बताए। ‘क्यानडाको मानिसको मनमा धेरै प्रकारका प्रश्न उब्जिएका छन्। र उनीहरुलाई जवाफ चाहिन्छ,’ उनले भने।
जस्टिन ट्रूडोले नै कसैमाथि आरोप लगाउनु हतार हुने भन्दै प्रमाण संकलन नभएसम्म धेर्य गर्न आग्रह गरेका छन्। उक्त विमानका क्यानडाका ६३ जना नागरिक थिए र उनीहरु सबै टोरंटोका थिए।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले जस्टिन ट्रूडोको भनाइप्रति सहमति जनाउँदै बेलायत र क्यानडा एक अर्काप्रति मिलेर काम गरिरहेको जनाएका छन्।
यसअघि अमेरिकी संचारमाध्यमले गल्तीले इरानको युक्रेनको विमानलाई खसाएको दाबी गरेको थियो। अमेरिकी न्युज च्यानल सीबीएसका अनुसार युक्रेन इन्टरनेशनल एयरबसको बोइङ–७३७ विमान इरानको मिसाइल प्रहारबाट दुर्घटनाग्रस्त भएको थियो। इरानले भने उक्त आरोपलाई अफवाहको संज्ञा दिएको छ।

तर युक्रेनले संयुक्त राष्ट्रसंघसँग विमान दुर्घटनाको विना शर्त छानवीन गर्न माग गरेको छ। युक्रेनले पहिला मिलाइल प्रहारबाट विमान दुर्घटना भए नभएको विषयमा छानवीन भइरहेको जनाएको थियो। र इरानले युक्रेनको आशंकलाई गलत भनेको थियो।

इरानले जतिबेला इराकस्थित अमेरिकी सैन्य खखडामा मिसाइल आक्रमण गरेको थियो, त्यसको केही समय पछि युक्रेनको विमान दुर्घटना भएको थियो।
सीबीएस न्युजले अमेरिकी खुफिया विभागलाई उद्धृत गर्दै एक स्याटलाइटले दुई मिसाइल लच्न गरेको इंफ्रारेड ब्लिप्स देखेको र त्यसपछि विस्फोट भएको एउटा ब्लिप देखेको जनाएको थियो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीवार उक्त विमानमा के भयो भन्नेबारे आफूमा सन्देह रहेको बताएका थिए। इरानका एक सैन्य जेनेरल कासिम सुलेमानी अमेरिकी हवाई कारबाहीमा मारिएपछि बढेको तनावका बीच इरानले उक्त विमानको ब्ल्याकबक्स अमेरिकी विमान निर्माता कम्पनी बोइङलाई नदिने बताएको छ।
तर इरानका विदेशमन्त्रीले चाहिँ बोइङलाई अनुसन्धानमा सहभागी हुन निम्ता दिएका छन्।

अन्तर्राष्ट्रिय हवाई नियम अनुसार इरानलाई उक्त दुर्घटनाको अनुसन्धानको नेतृत्व गर्ने अधिकार रहन्छ। तर त्यसमा जहाज उत्पादक पनि सामेल हुनुपर्नेछ।
विभिन्न गुप्तचरी सूचनाहरूका अनुसार जमिनबाट आकाशमा आक्रमण गर्न सकिने क्षेप्यास्त्रबाट उक्त विमानमा प्रहार भएका सङ्केतहरू पाइएको क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *