भाषाको कुनै पनि भूगोल हुँदैन : मन्त्री त्रिपाठी

डिसी नेपाल
२५ पुष २०७६ १४:४९

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले भाषाको कुनै भूगोल नहुने बताएका छन्। बाह्रखरी बुक्सले प्रकाशित गरेको ‘उत्कृष्ट कथा २०७६’ को हिन्दी अनुवाद ‘उत्कृष्ट कहानियाँ’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री त्रिपाठीले भाषाको कुनै भूगोल नहुने भएकाले यसलाई कुनै सीमाले नरोक्ने बताए।

भारतीय दुतावास काठमाडौं र हिन्दी केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयले विश्व हिन्दी दिवसका अवसरमा आयोजना गरेको क्रार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको हो। मन्त्री त्रिपाठीले नेपाल एक बहुभाषी बहुसांस्कृतिक र बहुजातीय विभिधता भएको देश भएकाले भाषा र संस्कृतिमा समृद्ध भएको बताए। नेपाल भूगोलले सानो भएपनि भौगोलिक, सामुदायिक, सांस्कृतिक विभिदताले ठूलो र सम्पन्न देश भएको उनले बताए।

उनले हिन्दी भाषा र नेपाली भाषा दुवै भाषाको उद्गम संस्कृत भएकाले सभ्यता एउटै भएको बताए। परस्पर रुपमा नेपाली साहित्यहरु हिन्दीमा अनुवाद हुनु र हिन्दी साहित्यहरु नेपालीमा अनुवाद हुनुले दुई देशलाई सीमाले छुट्याएपनि भाषा, संस्कृति र सभ्यताको दृष्टिले सीमालाई पनि पार गरेको बताए।

नेपाली साहित्यका शिखर पुरुष विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिमा स्थापित बीपी कोइराला भारत¬–नेपाल फाउण्डेसनको सहयोगमा उत्कृष्ट कथा हिन्दी भाषामा प्रकाशन गरिएको हो। कार्यक्रममा नेपालका लागि भारतीय कार्यबाहक राजदूत डा. अजय कुमारले नेपाल र भारतलाई भाषाले बलियोसँग जोडेको बताए। दुवै भाषाको लिपि देवनागरिक हुन र संस्कृति एउटै हुनु यसको बलियो आधार भएको उनले बताए।

उनले भाषाको यहि समानताले दुवै देशका जनतालाई जोडेर राखेको छ जसरी जनकुर र अयोध्या, पशुपति र काँशी, लुम्बीनी र बोधगया जोडिएका छन्। त्यसैले भाषा र संस्कृतिको परिणाम नै नेपाल र भारतबीचको सम्बन्ध भएको उनले बताए।

बाह्रखरी बुक्सले बजारमा ल्याएको ‘उत्कृष्ट कथा २०७६’ को हिन्दी भाषामा प्रकाशित ‘उत्कृष्ट कहानियाँ’को विमोचन संयुक्त रुपमा सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री हृदयेश त्रिपाठी, नेपालका लागि भारतीय कार्यवाहक राजदूत डा. अजय कुमार, बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधान, बाह्रखरी मिडियाका प्रवन्ध निर्देशक ज्ञानेश्वर आचार्यले गरेका हुन्।

यो पुष्तक नेपालको भूगोल, भाषाभाषी, संस्कृति र सम्प्रदायको मौलिकता र आञ्चलिकता जोडने संग्रहसमेत भएकाले हिन्दी भाषामा अनुवाद हुँदा नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन टेवा पुग्ने र नेपाली साहित्यको बजार फराकिलो हुने बाह्रखरी बुक्सले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *