२७ गतेको बैठकको अध्यक्षता महन्थ ठाकुरले गर्ने, उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिँदै

डिसी नेपाल
२५ पुष २०७६ १६:०१

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपसभामुख शिवमाया तुम्बाहाम्फेबीच छलफल भएको छ ।

छलफलमा सभामुख चयनबारे कुरा भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘२७ गते बस्ने संसद बैठक अगाडि नै सभामुखको उम्मेदवार टुंग्याउनुपर्ने छ। त्यही विषयमा उहाँहरुबीच छलफल भएको हो। बैठकका सबै कुरा मलाई थाहा नभए पनि उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने सम्भावना छ।’

जारी संसदको हिउँदे अधिवेशनको पहिलो विजनेश सभामुख चयन भए पनि सत्तारुढ दल नेकपामा सभामुखको उम्मेदवारबारे निर्णय हुन नसकेपछि सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित गरिएको थियो। आगामी आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित नगर्ने गरी नेकपामा छलफल चलेको स्रोतले बतायो। स्रोतले भन्यो, ‘२७ गतेको बैठकमा ज्येष्ठ सदस्यका रुपमा प्रतिनिधिसभा सदस्य महन्थ ठाकुरले बैठकको अध्यक्षता गर्ने सम्भावना छ।’

शुक्रबार दुई अध्यक्षहरुसँग भएको छलफलमा उपसभामुख तुम्बाहाम्फेले सभामुखमा आफ्नो दावी हुने बताएको स्रोतले जनाएको छ। स्रोतका अनुसार आफू उपसभामुखबाट राजीनामा दिन तयार रहेको भन्दै उनले आफू पनि सभामुखका लागि उपयुक्त उम्मेदवार भएको भन्दै दुई अध्यक्षहरुलाई कन्भिन्स गर्ने प्रयास गरेकी थिइन्। जवाफमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टीले उपयुक्त निर्णय लिने भनेका थिए।

स्रोतका अनुसार शुक्रबारको यो बैठकमा नेकपा संसदीय दलका उपनेता पूर्व सभामुख सुवास चन्द्र नेम्वाङको नाममा सहमति जुट्ने सम्भावना पनि बढेको छ। सभामुखमा नेम्वाङ, अग्नि सापकोटा र तुम्बाहाम्फेको दावी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *