आक्रमणमा परी १८ शान्ति सेना घाइते
![आक्रमणमा परी १८ शान्ति सेना घाइते](https://www.dcnepal.com/wp-content/uploads/2020/01/UN-Mali.jpg)
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति स्थापनाका लागि खटिएका १८ शान्ति सेना घाइते भएका छन् ।
मालीको दक्षिणी क्षेत्रमा खटिएका शान्ति सेना बिहीबार घाइते भएका राष्ट्रसंघका एक जना प्रवक्ताले जानकारी दिएका छन् ।
“संयुक्त राष्ट्रसंघको तर्फबाट शान्ति मिसनमा पठाइएका शान्ति सेना बसेको सैन्य शिविरमा आज विहान आक्रमण भएको खवर आएको छ, किडाल क्षेत्रको तेस्सालितमा रहेको शिविरमा आक्रमण भएको हो,” प्रवक्ता स्टेफन डुजार्रिकले भने ।
सो मिसनमा माली र अन्तर्राष्ट्रिय सुरक्षा फौजका सुरक्षाकर्मीहरु खटिएको पनि उनले जानकारी दिए ।
उनले प्रारम्भिक विवरणमा १८ शान्ति सेना घाइते भएको जानकारी आएको र अन्य विवरण आउने क्रममा रहेको पनि बताए ।
प्रतिक्रिया
Facebook Comment