राष्ट्रिय बाणिज्य बैंकको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं। राष्ट्रिय बाणिज्य बैंक लिमिटेड, मुख्य शाखा कार्यालय, बिशालबजारले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम नागार्जून नगरपालिका वडा नं.१, रानिवनका विभिन्न महिला समूहलाई भेला पारेर सभ्यता पाठशाला रानिवनमा सम्पन्न गरेको छ।
राष्ट्रिय बाणिज्य बैंक मुख्य शाखा कार्यालय विशाल बजारका मुख्य प्रबन्धक दुर्गा कुमारी कँडेलले वित्तीय रुपमा साक्षर भई सम्पूर्ण वित्तीय कारोबारहरु बैंकमार्फत गर्न सबैलाई आग्रह गरेकी छन् । राष्ट्रिय बाणिज्य बैंक मुख्य शाखा कार्यालय विशालबजारको आयोजनामो शुक्रबार आयोजित वित्तीय साक्षरता कार्यक्रममा उनले समृद्धिसँग जोडौं नाता, खोलौं बैंक खाता अभियानलाई सफल पार्न समेत आग्रह गरिन्।
उनले वित्तीय साक्षरता किन? वित्तीय सेवा सूबिधा के के छन्, मूख्य शाखा कार्यालयले कस्ता वित्तीय सेवा प्रदान गर्दछ जस्ता विषयमा उपस्थित विभिन्न महिला समूहका सहभागिहरुलाई सूचित गराएकी थिइन्।
शाखाका बरिष्ठ प्रबन्धक ब्रजमोहन अधिकारीले कर्जा सम्बन्धी विविध विषयबारे चर्चा गर्दै सहुलियतपूर्ण कर्जाका बारेमा प्रशिक्षण दिएका थिए। त्यसैगरी, कर्मचारीहरु हस्त ब. शाही, श्रवण कूमार खत्री, प्रमोद भट्टराई, प्रसन्ना दास, रोशन खड्गीलगायतले वित्तीय साक्षरताको विविध् पक्षमा प्रस्तुतीकरण दिएका थिए।
कार्यक्रममा बोल्दै इचंगुनारायण जग्गा एकिकरण आयोजना उपभोक्ता समितिका अध्यक्ष शिव शिम्खडाले अझै पनि करिब ४० लाख नेपालीको बंैक खाता नभएको र यस्ता वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरुले सरकारको समृद्धिसँग जोडौं नाता खोलौ बैंक खाता अभियानलाई सहयोग गर्दै वित्तीय पहुँच अभिवृद्धि हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा विभिन्न महिला समूहबाट अध्यक्षहरु चन्द्रा शाह, मिना सुयाल, विमला सुवेदी (क्षेत्री), चमेलि राना र विष्णुकुमारी शाहीले महिलालाई वित्तीय साक्षरतामा सहभागी नगराएसम्म सुखी नेपाली समृद्ध नेपालको सपना अपुरो हुने धारणा राखेको थिए।
Facebook Comment