पुनर्निर्माण प्राधिकरणको कामप्रति प्रधानमन्त्री ओली सन्तुष्ट

डिसी नेपाल
२५ पुष २०७६ २०:१३

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको काम सन्तोशजनक रहेको बताएका छन्।

शुक्रबार राष्ट्रिय पुनर्निर्माण परामर्श परिषद्को पाचौं बैठकमा पुनर्निर्माणको वर्तमान अवस्था एवं कर्ययोजनाको समिक्षा गर्दै प्रधानमन्त्री ओलीले अहिले सम्मको पुनर्निर्माणको प्रगति सन्तोशजनक रहेको बताए।

उनले पुनर्निर्माणको काममा भएको अहिले सम्मको प्रगतिका आधारमा तीन वटा निर्णय गरेर अगाडि बढ्नुपर्ने अवस्था रहेको बताए। कामको प्रगतिलाई लिपिबद्ध गरेर जानुपर्ने, बाँकी कामहरुलाई छिटो सम्पन्न गर्न देखिएका समस्या समाधान गर्नुपर्ने र प्राथमिकताका आधारमा पुनर्निर्माणमा जोड दिनुपर्ने विषयमा निर्णय गरी अगाडि बढ्नुपर्ने उनले बताए।

बैठकमा प्रधानमन्त्री ओलीले अहिलेसम्मको प्रगति र अनुभवलाई लिपिवद्ध गरेर राख्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन समेत दिए।

बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले निजी आवास पुनर्निर्माण, शिक्षण संस्थाहरु, स्वास्थ्य संस्था, सरकारी भवन, सुरक्षा निकायका भवन, पुरातत्विक एवं सांस्कृतिक सम्पादा, सडक तथा खानेपानी, सामाजिक आर्थिक पुनस्र्थापना, पुनर्निर्माणको दीगोपना र हस्तान्तरण तथा बजेट व्यवस्थापन र खर्चको विवरणका विषयमा भएका प्रगतिको जानकारी गराएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *