उपप्रधानमन्त्री पोखरेल चढेको हेलिकोप्टर पाल्पामा आकस्मिक अवतरण

डिसी नेपाल
२५ पुष २०७६ २०:५३

काठमाडौं। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल चढेको हेलिकोप्टर शुक्रबार साँझ पाल्पामा आकस्मिक अवतरण गराइएको छ।

काठमाडौंबाट बुटवलका लागि उडेको नेपाली सेनाको हेलिकोप्टर पाल्पा सदरमुकाम तानसेनको टुंडिखेलमा आकस्मिक अवतरण गरेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डले डिसी नेपाललाई जानकारी दिए। उनले भने, ‘उता बुटवलतर्फ मौसम खराब भएपछि हेलिकाप्टर पाल्पामा अवतरण गरिएको हो।’

पाल्पा प्रहरीले शुक्रबार करिब ५ बजे उपप्रधानमन्त्री चढेको हेलिकाप्टर तानसेनको टुँडिखेलमा अवतरण गरेको जानकारी दिएको छ। हाल सो हेलिकाप्टर पाल्पामै रहेको छ।

उपप्रधानमन्त्री पोखरेल बुटवलमा एक कार्यक्रममा सहभागी हुन काठमाडौंबाट त्यसतर्फ उडेका थिए। तर, मौसमका कारण हेलिकोप्टर बुटवल पुग्न सकेन। पाल्पा प्रहरीले उपप्रधानमन्त्री पोखरेल पाल्पाबाट गाडीमा बुटवल गएको जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *