भोजपुरमा आमा–छोराबीच नै अनैतिक सम्बन्ध, थाहा पाएपछि पिताको हत्या
काठमाडौं। भोजपुरमा आमा–छोरा बीचमा अनैतिक सम्बन्ध रहेको र त्यो कुरा थाहा पाएपछि दुवै मिलेर पिताको हत्या गरेको खुलासा भएको छ । दशैंका बेला असोज २५ गते हत्या गरिएका ८८ वर्षका दलबहादुर राईको हत्या अभियोगमा प्रहरीले अहिले उनकै छोरा ६६ वर्षका हरिबहादुर र कान्छी श्रीमती कर्णशोभालाई प्रक्राउ गरी सार्वजनिक गरेको छ ।
हरिबहादुर दलबहादुरका जेठीतर्फका छोरा हुन् । उनको सौतेनी आमा कर्णशोभासँग अनैतिक सम्बन्ध थियो । असोज २५ गते श्रीमतीसँगै ससुरालीमा दशैंको टिका थापेर फर्केका दलबहादुर अचानक बेपत्ता भएका थिए । एक महिनाभन्दा धेरै समय बितिसकेपछि मंसिर १ गते उनको कंकाल घरबाट ३ घण्टाको पैदल दूरीमा सोहन खोलामा भेटिएको थियो ।
प्रहरी अनुसन्धानमा खुलासा भए अनुसार दशैंको टिका थापेर घर फर्किदै गर्दा घर नजिकै आइपुगेका पिताको हरिबहादुरले घाँटी थिचेर हत्या गरेका थिए । श्रीमती कर्णशोभाकै अगाडि दलबहादुरको हत्या गरेका हरिबहादुरले शव ठेगान लगाउन २८ बर्षीय सन्तोष विक र २१ बर्षीय नारायण विकलाई ५–५ हजार दिएर डोकोमा शव बोकाएर ३ घण्टा टाढा सोहन खोलामा फाल्न लगाएका थिए ।
Facebook Comment