म्याग्दीको एनसेल टावरमा आगजनी

डिसी नेपाल
२६ पुष २०७६ ११:३५

म्याग्दी । मालिका गाउँपालिकामा एनसेल टावरमा आगजनी भएको छ ।

गाउँपालिकाको वडा नम्बर १ निस्कोटमा रहेको एनसेलको टावरमा शुक्रबार राति आगजनी गरेको हो।

एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेका म्याग्दीका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए।

आजगनीबाट टावरका उपकरणमा क्षति पुगेको छ। प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले गरेको आगजनी गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

घटनाबारे जानकारी पाएपछि दरबाङबाट प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको हो।

टावरमा आगजनी भएपछि विम, रुम, देवीस्थान, ओखरबोट, दरबाङलगायतका क्षेत्रमा एनसेलको सञ्चार सेवा अवरुद्ध भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *