११ वर्षका बालकले कक्षामै शिक्षक र साथीहरुलाई गोली हानेर आफूलाई पनि गोली हाने

डिसी नेपाल
२६ पुष २०७६ १२:१०

काठमाडौं। ६ कक्षामा पढ्ने ११ वर्षका बालकले कक्षामै शिक्षक र साथीहरुलाई गोली हानेर आफूलाई पनि गोली हानेका छन् । उत्तरी मेक्सिकोको कोहुइला राज्यको एक निजी स्कुलमा भएको यो घटनामा शिक्षकको मृत्यु भएको र ६ जना अन्य घाइते भएको अधिकारीहरुलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ । ती बालकसँग दुई बन्दूक थिए र उनी पनि मारिएका छन् ।

बालकका कक्षाका साथीहरुका अनुसार ती बालक सामान्यतया राम्रो व्यवहारका थिए तर शुक्रबार गोली चलाउनुअघि अनौठो चेतावनी दिइरहेका थिए । उनले गोली चलाउनुअघि आज त्यो दिन हो भनेर कक्षाका साथीहरुलाई भनेका थिए । बिहान करिब ८ बजेतिर उनले शौचालय जानको लागि शिक्षकलाई सोधेका थिए । १५ मिनेटसम्म उनी नआएपछि उनलाई हेर्न जाँदा शिक्षकले उनलाई शौचालयबाट बन्दूकसहित निस्किएको देखेका थिए ।

अधिकारीहरुले ती बालक नेचुरल सेलेक्सन नामको भिडियो गेमबाट प्रभावित भएको मानेका छन् जो एक शुटिङ गेम हो । ती बालकले गेमको नाम लेखिएको अण्डरसर्ट पनि लगाएका थिए । स्कुलले फेसबुकमा एक पोस्ट गर्दै गोलीकाण्डमा एक शिक्षक र एक विद्यार्थी मारिएको तथा १ शिक्षक र ५ विद्यार्थी घाइते भएको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *