सत्ता र शासनमा महिलाहरुको सहभागिता शून्य : उपसभामुख डा. तुम्वाहाङ्फे

डिसी नेपाल
२६ पुष २०७६ १७:२४

काठमाडौं । उपसभामखु डा. शिवमाया तुम्बाहाङ्फेले सत्ता र शासनमा महिलाहरुको सहभागिता शून्य र न्यून रहेको बताएकी छन् । ‘नेपालमा महिला आन्दोलन’ पुस्तकको परिचर्चा कार्यक्रममा डा. तुम्बाहाङफेले देशमा लोकतन्त्र आएपनि सत्ता र शासनमा महिलाहरुको सहभागिता शून्य र न्यून रहेको बताइन् ।

विगत र वर्तमानलाई हेर्दा उपल्लो तहमा महिलाहरुको सहभागिता भएपनि महिलाहरुको अवस्था परिवर्तन हुन नसकेको उनले बताइन् । ‘महिलाहरुका लागि जति आन्दोलन भएपनि सत्तामा महिलाको संख्या, उपस्थिति र सहभागिता शून्य र न्यून दुबै छ । विगत र वर्तमानलाई हेर्दा उपल्लो चहमा महिलाहरुको सहभागिता छ । तर, सत्ताको माथिल्लो तहमा पुग्ने वित्तिकै महिलाहरुको अवस्थामा परिवर्तन हुन्छ भन्ने कुरा होइन रहेछ भन्ने नेपालमा पुष्टि भएको छ’, उनले भनिन् ।

समयलाई व्यवस्थापन गर्न सके असम्भव भन्ने कुनै कुरा नहुने भनेर आफुले पुष्टि गरेको बताउँदै उनले पितृसत्तात्मक सोचको शिकार महिला मात्रै नभएर पुरुष पनि भएको उल्लेख गरिन् । बलियो बनेर बसेको पितृसत्तात्क सोचलाई उन्मुलन गर्न महिलाहरु एकजुट भएर सशक्त रुपमा अगाडी बढ्नुपर्ने उनले बताइन् ।

कार्यक्रममा नेपाली कांग्रेसकी सांसद पुष्पा भूसालले ५० प्रतिशत भन्दा बढी जनसंख्या र मतदाता भएका महिलाहरुले अधिकारका लागि आन्दोलन गरेको भएपनि राजनीतिक न्यान नमागेको बताइन् । महिलाहरु अधिकार सम्पन्न दावेदार भएका कारणले पनि अधिकार मागेर नभएर दावी गर्ने समय आएको र यसको नेतृत्व उपसभामुखले गर्नुपर्ने धारणा उनले राखिन्।

उपसभामुख डा. तुम्बाहाङ्फेद्वारा लिखित ‘नेपालमा महिला आन्दोलन’ पुस्तकमाथि परिचर्चा कार्यक्रम शनिबार राजधानीमा आयोजन गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *