पेट्रोलियम पदार्थको तत्काल विकल्प छैनः मन्त्री भट्ट

डिसी नेपाल
२६ पुष २०७६ १८:२२

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले तत्काल पेट्रोलियम पदार्थको विकल्प खोज्न नसकिने बताएका छन्।

नेपाल आयल निगमको ५० औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री भट्टले यस्तो बताएका हुन्। मुलुक विद्युतमा आत्मनिर्भर बन्न अगाडि बढिरहेको अवस्थामा अझै मुलुकका धेरै स्थानमा विद्युतिकरण नभएको र पेट्रोलियम पदार्थको विकल्प तत्काल सम्भव नभएको उनले बताए।

अमेरिका जस्ता विकसित मुलुकहरुलाई समेत पेट्रोलियम पदार्थको आवश्यकता पर्ने गरेको बताउँदै उनले नेपाललाई चाँहिदैन भन्ने नभएको उनको भनाई छ। पहाडी वस्तीहरु र तराईका केही वस्तीहरुमा अझै पनि विद्युतीकरण हुन नसक्दा अहिले पनि टुकि बाल्नुपरेको प्रसंग उल्लेख गर्दै मन्त्री भट्टले तत्काल पेट्रोलियम पदार्थको विकल्प खोज्न नसकिने बताए।

आयल निगमले अब आफ्नो बाटो परिवर्तन गरेर मुनाफा लिने ठाउँमासमेत लगानी गर्नेतर्फ छलफल चलाउनुपर्ने उनले बताए।

उद्योगिहरुले लगानी डुब्छ की भनेर चिन्ता गरिहाल्नु पर्ने अवस्था नभएको र निगमले हरेक काममा पार्टनर बनाएर अगाडि बढ्ने विश्वास मन्त्री भट्टले दिलाए।

निगमको स्वर्ण जयन्तीका अवशरमा कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप एक महिनाको तलब बराबरको रकम प्रदान गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *