एकता दिवसमा पूर्व राजाको शुभकामना सन्देशः सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन

डिसी नेपाल
२६ पुष २०७६ २३:४०

काठमाडौं। पुस राष्ट्रि एकता दिवस। राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९८ औं जयन्ती आइतबार देशभर मनाईँदै छ–तर सरकारी स्तरमा होइन, आफुखुसी।

केही स्थानीय तहले यस अवसरमा सार्वजनिक विदा घोषणा गरेका छन्। गणतान्त्रिक सरकारले भने विदा दिएको छैन।

यही अवसर पारेर पूर्व राजा ज्ञानेन्द्र शाहले देशवासीका नाममा शनिबार साँझ शुभकामना सन्देश दिएका छन्। उनले शुभकामना सन्देशमा प्रयोग गरेका शब्द र बिम्ब भने निकै गहकिला र भास्ट छन्।

उनले सन्देशको अन्तिममा भनेका छन्, ‘सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन।’ उनले के भन्न खोजेका हुन् स्पष्ट नभए पनि २०५८ मा तत्कालीन शाही परिवार विरेन्द्र शाहको वंशनासमा ज्ञानेन्द्रमाथि मधुर आवाजमा लाग्दै आएको आरोपमा खण्डन भएको विश्लेषकहरु बताउँछन्।

यतिमात्र होइन उनले सन्देशमा अगाडि भनेका छन्, ‘राष्ट्र नायकाहरुको वीरगाथाबारे बोल्नै नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने, राष्ट्रिय अखण्डता र स्वाभिमानको अभिव्यक्तिलाई कुण्ठित पार्ने एवं मुलुकले नचाहेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने प्रयास कतैबाट पनि हुनुहुँदैन।’

उनले यो असान्दर्भिक र विवादको विषय केलाई भनेका हुन् स्पष्ट नभए पनि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र नेपालबीच भएको ५ करोड डलर अनुदान सहयोगको विषयमा भएको विवादतर्फ संकेत गरेको बुझिन्छ। यतिमात्र होइन देशलाई बिनाकारण धर्म निरपेक्ष बनाएको पनि पनि पूर्व राजाको संकेत हुन सक्ने एक नेताले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *