प्रदेश नम्बर ३ को राजधानी हेटौंडा राख्ने प्रस्ताव पारित

डिसी नेपाल
२७ पुष २०७६ ११:२४

काडमाडाैं।  प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौडा र नाम बागमती कायम भएको छ। आइतबार बसेको प्रदेशसभाको बैठकले प्रदेशको नाम र राजधानी कायम गर्ने प्रस्वाव दुई तिहाइ बहुमतले पारित गरेको हो।

मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौडा कायम गरियोस पेश गरेको प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। उक्त प्रस्तावमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले समर्थन गरे। सांसदहरु रिता माझि र रिना गुरुङले प्रस्तावको समर्थन गरेकी थिइन्।

प्रदेशको राजधानी हेटौंडा राख्ने पक्षमा १०५ मत खसेको थियो। विशेकशील साझा पार्टीका तीन जनाले प्रस्तावको विपक्षमा मतदान गरेका थिए भने सभामुखले सानु कुमार श्रेष्ठले मतदान गरेनन्। स्वतन्त्र सांसद प्रेमबहादुर तामाङले प्रकृयामा भाग नै लिएनन्।

प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता बानियाँले प्रदेश ३ को नामाकरण बागमती कायम गरियोस भनी पेश गर्नुभएको प्रस्ताव पनि पारित गरेको छ। बानियाँले प्रस्ताव गरेको उक्त नाममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रामेश्वर फुयाल, राप्रपाकी रिता माझी र रिना गुरुङ, विवेकसील साझा पार्टीका रमेश पौडेल र शोभा शाक्यले समर्थन गरेका थिए।

नाम बागमती राख्ने प्रस्तावको पक्षमा १०८ मत परेको थियो। विपक्षमा मतदान नै भएन। नामका विषयमा विवेकशील साझा पार्टी सहमत भएपनि राजधानीका विषयमा भने फरक प्रस्ताव दर्ता गरेको थियो। साझाले प्रदेशको राजधानी धुलिखेल प्रस्ताव गरेको थियो उक्त प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *