राजीनामा नदिने अडान लिएकी उपसभामुख बालुवाटारमा

डिसी नेपाल
२७ पुष २०७६ १२:१०

काठमाडौं। राजीनामा गर्न पार्टीले दिएको निर्देशनलाई चुनौती दिएकी उपसभामुख शिवमाया तुम्बाहाम्फे बालुवाटार गएकी छन्। आइतबार नेकपाका अध्यक्षद्वयबीच बालुवाटारमा छलफल भएको थियो।

दुई अध्यक्षबीचको छलफल जारी नै रहेका बेला उपसभामुख तुम्बाहाम्फेलाई पनि बालुवाटार बोलाइएको हो। शनिबार बसेको नेकपा सचिवालय बैठकले उपसभामुख तुम्बाहाम्फेलाई राजीनमा दिन दिर्नेशन दिएको थियो।

तर तुम्बाहाम्फेले आफूले राजीनामा दिनुपर्ने कुनै गल्ती नगरेको भन्दै राजीनामा नदिने बताएकी थिइन्। उनले राजीनामा नदिने अडान राखेपछि छलफल गर्न अध्यक्षद्ववयले उपसभामुखलाई पनि बालुवाटार बोलाइएको एक नेताले जानकारी दिए।

नेकपाले सभामुख पद आफैंसँग राख्नलाई उपसभामुखले राजीनमा दिनुपर्ने हुन्छ। संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने हुन्छ। तत्कालीन सभामुख कृष्णबहादुर महाराले यौन दुर्व्यवहारको आरोपमा राजीनामा दिएपछि सभामुख रिक्त छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *