ट्रम्पको रणनीति बदलियो, सरकारविरोधी आन्दोलनमा उत्रिएका इरानी जनतालाई समर्थन
काठमाडौं। इरानसँग जारी तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प केही नरम हुँदै गइरहेका देखिएका छन् । यही बीचमा राष्ट्रपति ट्रम्पले रणनीति बदलेका छन् । उनले इरानी नागरिकको सरकारविरोधी आन्दोलनको समर्थन गरेका छन् । उनले एक ट्वीट जारी गर्दै आफू सधैं इरानी जनताको साथमा रहेको बताएका छन् । उनले इरानी जनताले सरकारको झुटविरुद्ध सुरु गरेको विरोध प्रदर्शनलाई सूक्ष्म तरिकाले नियालिरहेको बताएका छन् ।
To the brave, long-suffering people of Iran: I’ve stood with you since the beginning of my Presidency, and my Administration will continue to stand with you. We are following your protests closely, and are inspired by your courage.
— Donald J. Trump (@realDonaldTrump) January 11, 2020
हालै इरानमा भएको विमान दुर्घटनामा पहिले मिसाइल हानिएको अस्वीकार गर्दै आएको इरानले शनिबार आफूले झुक्किएर मिसाइल हानेर विमान खसालेको स्वीकार गरेको थियो । यससगै इरानी जनताले सरकारले झुट बोलेको भन्दै सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । ट्रम्पले आफू राष्ट्रपति भएदेखि नै इरानी जनताको साथमा रहेको बताउँदै आफ्नो प्रशासन सधैं इरानीको साथमा हुने बताए ।
Facebook Comment