प्रतिनिधिसभाको बैठक माघ ६ गतेसम्मका लागि स्थगित

डिसी नेपाल
२७ पुष २०७६ १२:२१

काठमाडौं।आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचनाका प्रकाशन गर्दै माघ ६ गते सोमबार सम्मका लागि स्थगित भएको हो । प्रतिनिधिसभाले विशेष कारणवश बस्न नसक्ने व्यहोराको सूचना प्रकाशन गरेको छ।

प्रकाशित सूचनामा भनिएको छ, ‘‘मिति २०७६ पुस २७ गते आइतबार दिनको १ बजे बस्ने गरी सूचना गरिएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले नेपालको संविधानको धारा ९१ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाको अध्यक्षता गर्नुहुने माननीय उपसभामुखज्यूले प्रतिनिधसभा नियमावली, २०७५ को निमय ६ को उपनियम (३) बमोजिम अर्को बैठक मिति २०७६ साल माघ ६ गते सोमबार दिनको १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा मा. सदस्यहरुको जानकरीको लागि यो सूचना प्रकाशित गरिएको छ।’’

यसअघि पुस १६ गते बुधबारका लागि बोलाइएको बैठक पनि सूचना टाँसेर गरेर स्थगित गरिएको थियो। पुस ११ गतेको बैठकले सभामुख चयनको प्रकृया अगाडी बढाउने कार्यसूची तय गरेपनि बैठक स्थगित हुँदै आएको छ। सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्र सभामुख चयनको विषय टुंगो नलाग्दा संसद बैठक बस्न सकिरहेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *