इरानले बेलायती राजदूतलाई पक्राउ गर्‍यो, ३ घण्टापछि छाड्यो

डिसी नेपाल
२७ पुष २०७६ १३:३१

काठमाडौं। इरानले आफ्नो देशका लागि बेलायती राजदूतलाई पक्राउ गरेको छ । बीबीसीको समाचार अनुसार इरानले हालै युक्रेनी विमान खसाएको स्वीकार गरेपछि तेहरानमा भइरहेको सरकारविरोधी प्रदर्शनको क्रममा बेलायती राजदूतलाई पक्राउ गरेको हो । बेलायती राजदूत रब म्याकायरलाई ३ घण्टासम्म हिरासतमा राखेको र त्यसपछि छाडेको बताइएको छ । बेलायतले यसलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भनेको छ ।

राजदूत रबले इरानमा भएको एक जुलुसमा भाग लिएका थिए जुन जुलुस दुर्घटनामा मारिएकाहरुलाई श्रद्धाञ्जलीस्वरुप आयोजना गरिएको थियो तर पछि त्यो जुलुस सरकारविरोधी प्रदर्शनमा परिणत भएको थियो । जुलुस प्रदर्शनमा परिणत भएपछि उनी बेलायती दूतावास फर्किदै थिए । यही क्रममा बीचमा उनी कपाल काट्नको लागि एक बार्बर पसलमा पसेका बेला त्यहीँबाट पक्राउ गरिएको थियो । बेलायतका विदेश सचिव डोमिनिक राबले एक वक्तव्य जारी गर्दै कुनै पृष्ठभूमि वा जानकारी बिना आफ्ना राजदूतलाई पक्राउ गरिनु अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भएको भनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *