सुलेमानीसँगै अर्का इरानी सैनिक कमाण्डर मार्ने अमेरिकी प्रयास विफल

डिसी नेपाल
२७ पुष २०७६ १४:११

काठमाडौं। अमेरिकाले इरानको कुद्स फोर्सका प्रमुख कासिम सुलेमानीलाई मारेकै दिन अर्का इरानी उच्च सैनिक अधिकारीलाई समेत मार्ने प्रयास गरेको भए पनि त्यो प्रयास भने विफल भएको खुलासा भएको छ । अमेरिकी अखबार द आवरका अनुसार सुलेमानीलाई इराकको बगदादमा मारेकै दिन यमनमा पनि इरानका अर्का उच्च सैनिक अधिकारीलाई मार्ने प्रयास भएको थियो तर उक्त प्रयास विफल भएको हो । इरानको इलिट कुद्स फोर्सका कमाण्डर तथा फाइनान्सर अब्दुल रेजा शाहलाईलाई पनि मार्ने प्रयास भएको थियो ।

अमेरिकी रक्षामन्त्रालयले भने यसबारे कुनै टिप्पणी गरेको छैन । त्यस्तै के कारणले शाहलाईलाई मार्ने प्रयास असफल भएको थियो भनेर समाचारमा खुलाइएको छैन । यमनमा रहेका शाहलाईलाई जनवरी ३ मानै अमेरिकी सेनाले हत्या गर्ने प्रयास गरेको थियो । तर उक्त प्रयास असफल भएको थियो । अमेरिकाले शाहलाईमाथि विभिन्न आरोप लगाएको छ ।

यमनमा इरानको प्रमुख कमाण्डरको रुपमा जिम्मा लिनुपूर्व सन् १९९० को दशकमा अमेरिकी सेनामाथि इराकमा भएका हमलामा संलग्न रहेको र सन् १०११ मा हालका साउदी विदेशमन्त्री तथा अमेरिकाका लागि तत्कालीन साउदी राजदूत अदेल अल जुबेइरको हत्या गर्ने योजना बनाएको आरोप लगाइएको छ । एक महिनाअघि अमेरिकी विदेश मन्त्रालयले शाहलाइबारे सूचना दिनेलाई १५ मिलियन अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *