कोलकाताका सडकमा ‘गो ब्याक मोदी’

डिसी नेपाल
२७ पुष २०७६ १४:२९

कोलकाता। भारतको पश्चिम बंगालको राजधानी कोलकातामा दुई दिने कार्यक्रममा गएका प्रधानमन्त्री नरेन्द्र मोदीको तीव्र विरोध भएको छ । यहाँ सयौंको संख्यामा प्रदर्शनकारीहरुले प्रधानमन्त्री मोदीविरुद्ध प्रदर्शन गरे । युवा कांग्रेसका कार्यकर्ताहरुले मोदीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले शनिबार मोदीलाई कोलकातामा उत्रिनै रोक लगाउन माग गरेका थिए ।

प्रदर्शनकारीहरुले मोदीले विभेदकारी नागरिकता कानुन ल्याएकोले विरोध गर्नुपर्को बताए । उनीहरुले सडकमा गो ब्याक मोदी लेखिएको पेन्ट गरेका छन् । प्रदर्शनकारीहरुले मोदी, अमित शाह लगायत अन्य भाजपा नेताहरुले बंगालका नागरिकहरुलाई विभाजित गरिरहेको भन्दै उनीहरुको विरोध गरेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *