मेलबर्न स्टार्सको सहज जित, शीर्ष स्थानमा कायम

डिसी नेपाल
२७ पुष २०७६ १७:२७

काठमाडौं। जारी बिग बाश लिग नेपाली लेग स्पीनर सन्दीप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्सले फराकिलो जित निकालेको छ। आईतबार भएको खेलमा स्टार्ससले सिड्नी सिक्सर्सलाई ४४ रनले पराजित गर्दै लिगको शीर्ष स्थानमा कायम रहेको छ।

स्टार्सले दिएको २२० रनको लक्ष्य पछ्याएको सिक्सर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो। सिक्सर्सका कप्तान मोईज हेनरिक्सले ४१ रन बनाउँदा जोर्डन सिल्कले ३२ रन बनाए। यस्तै बेन ड्वार्ससले ४२ रन बनाए। स्टार्सका लागि सन्दीपले ४ ओभर बलिङ गर्दै ३५ रन दिएर १ विकेट लिए। यस्तै क्लिन्ट हिन्चलिफले ३ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको मेलबर्न स्टार्सका ओपनिङ ब्याट्सम्यानहरुले तुफानी ब्याटिङ गरेका थिए। ओपनर मार्कुस स्टोइनिस र हिल्टन कार्टराइटको तुफानी ब्याटिङसँगै मेलबर्न स्टार्सले सिड्नी क्सिर्सलाई २२० रनको लक्ष्य दिएका थिए ।

यी दुई ओपनरले सुरुदेखि १९ ओभरसम्म आउट नभइ खेलेका थिए । यस क्रममा उनीहरुले २०७ रन बनाए । यो बिग बाश लिग इतिहासकै सबैभन्दा ठूलो पार्टनरशिप हो । यस्तै स्टोइनिसले पूरै २० ओभर खेल्दै ७९ बलमा नटआउट १४७ रन बनाए । यो बिग बाश लिग इतिहासकै सर्वाधिक व्यक्तिगत स्कोर हो ।

यस क्रममा स्टोइनिसले १३ वटा चौका र ८ वटा छक्का प्रहार गरेका थिए । अन्तिम ओभरको पहिलो बलमा छक्का हान्ने क्रममा आउट भएका कार्टराइटले ४० बलमा ५९ रन बनाउने क्रममा ६ चौका र ३ छक्का प्रहार गरे । मात्रै २ बल खेलेका कप्तान ग्लेन म्याक्सवेलले ५ रन बनाए । सिक्सर्सका लागि एकमात्र विकेट टम कुरनले लिए ।

स्टार्सले ९ खेलमा ८ जित निकाल्दै १६ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने सिक्सर्स ९ खेलमा ६ जितसहित १२ अंकका साथ दोस्रो स्थानमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *