सरस्वती र बीबीसीको गोलरहित बराबरी, सरस्वतीको खातामा पहिलो अंक

काठमाडौं । सरस्वती युथ क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो अंक जोडेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा ब्रिगेड ब्वाईज क्लबसँग गोलरहित बराबरी खेल्दै सरस्वतीले लिगमा पहिलो अंक जोडेको हो । अघिल्ला पाँच खेलमा पराजित सरस्वतीले छैटौं खेलमा आएर एक अंक जोडेको हो ।
ब्रिगेडसँग बराबरी खेलेपछि सरस्वतीले ६ खेलमा १ अंक जोडेको छ । सरस्वती लिगको पुछारमा रहेको छ । ब्रिगेड ६ खेलमा ७ अंक जोडेर लिगको आठौं स्थानमा रहेको छ ।
प्रतिक्रिया
Facebook Comment