प्रिमियर लिगः सिटीलाई दोस्रो स्थानमा उक्लिने मौका

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज आइतबार दुई खेल हुँदैछ ।
प्रिमियर लिगमा आइतबार साविक विजेता म्यानचेस्टर सिटीले एस्टन भिल्लाको सामना गर्नेछ । एस्टनको मैदानमा हुने खेल राति १०ः१५ मा सुरु हुनेछ ।
तुलनात्मक कमजोर टिम एस्टनविरुद्ध सिटी सहज जित निकाल्ने लक्ष्यमा हुनेछ । यस्तै सिटी जित निकाल्दै लिगको दोस्रो स्थानमा उक्लन चाहन्छ ।
यस सिजन शीर्ष स्थानको लिभरपुल भन्दा सिटी १७ अंकले पछि रहेको छ । यस्तै दोस्रो स्थानको लेष्टर भन्दा १ अंकले पछि रहेको छ ।
एस्टनलाई पराजित गरेमा सिटी लिगको दोस्रो स्थानमा उक्लनेछ ।
यता, घरेलु टिम बलियो सिटीलाई रोक्ने योजनामा हुनेछ । २१ अंक जोडेर लिगको १७ औं स्थानमा रहेको एस्टन घरेलु मैदानमा जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ ।
लिग अन्तर्गत नै अर्को खेलमा बर्नेमाउथ र वाट्फोर्डबीच खेल हुनेछ ।
Facebook Comment