अनेरास्ववियुको केन्द्रीय कमिटीलेको सपथ ग्रहण सम्पन्न

डिसी नेपाल
२७ पुष २०७६ १९:५६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संस्था अनेरास्ववियुको केन्द्रीय कमिटीका सदस्यहरुले सपथ ग्रहण गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ३ सय ३५ जना केन्द्रीय कमिटीका सदस्यहरुलाई पार्टी महासचिव विष्णु पौडेलले सपथ खुवाएका हुन् ।

सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पौडेलले दुई पार्टीबीचको एकता र पछिल्लो समय प्राप्त उपलब्धीहरुमा विद्यार्थी नेताहरुको सबैभन्दा बढि भूमिका रहेको बताए । उनले भने ‘हामीले जुन उपलब्धी प्राप्त गरेका छौं नेपालको कमुनिष्ट आन्दोलनले जुन उपलब्धी प्राप्त गरेको छ यो कुनै इश्वरको वरदान होइन्, हाम्रा सही नीतिहरुको प्रतिफल हो, सक्षम नेतृत्वको प्रतिफल हो नीति र नेतृत्वलाई अनुसरण गर्दै अगाडी बढ्ने योद्धाहरुको प्रतिफल हो ।’ त्यस्तै उनले पछिल्लो समय पार्टी भित्र विद्रोह र नेताहरुबीच अन्तरविरोध सिर्जना गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई कमजोर पार्ने शक्तिहरु लागिरहेको बताए । उनले पार्टी एकतालाई जोगाएर जान सबै एक हुनुको विकल्प नभएको समेत बताए ।

महासचिव पौडेलले विद्यार्थी नेताहरुको सकृयतामा ठुलाठुला सफलताहरु प्राप्त भएको इतिहास रहेकाले पार्टी एकतालाई अझ बलियो बनाउन भूमिका निर्वाह गर्न अग्रह गरे । त्यस्तै अनेरास्ववियुले ४५ सदस्यीय स्थायी कमिटी पनि बनाएको छ । जसमा पूर्व एमाले निकट अनेरास्ववियुबाट २४ र पूर्व माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीबाट २१ जना रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *