सङ्घीयता वरदान हो : मन्त्री भण्डारी

डिसी नेपाल
२७ पुष २०७६ २०:१६

सुर्खेत । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सङ्घीयता जनताका लागि वरदान भएको बताएका छन्। तातोपानी गाउँपालिका– ८ कालिका मावि टोप्ला जुम्लाद्वारा सुर्खेतमा आयोजित बाली विज्ञानमा अध्ययनरत विद्यार्थीसँगको अन्तक्र्रिया कार्यक्रममा मन्त्री भण्डारीले सङ्घीयताले उत्पीडित वर्ग, क्षेत्र र जातिलाई न्याय गरेको बताए । “सङ्घीयता वरदान नै हो”, उनले भने, “यो रोग, भोक र शोक समाधानको विकल्प बन्दै गएको छ ।”

सङ्घीयताले नागरिकलाई सबै अधिकार दिलाएको भन्दै मन्त्री भण्डारीले अगाडि भने, “तातोपानी गाउँपालिका– ८ टोप्ला जुम्लाकै अत्यन्तै दुर्गम बस्ती हो, जुन जाजरकोट र जुम्लाको सिमानामा पर्छ । कल्पना नगरेको ताम्तीको टोप्लामा बाली विज्ञान विषयको अध्ययन हुनु पनि सङ्घीयताले दिएको कोसेली हो ।”

सिटामोलको ट्याब्लेटसमेत नपाउने कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता स्वास्थ्य विश्वविद्यालय स्थापना भएर डाक्टर उत्पादन गर्ने थलोमा रुपान्तरण हुनु र टोप्लामा प्राविधिक धारका स्कुल सञ्चालन नयाँ व्यवस्थाको उपहार भएको मन्त्री भण्डारीको दाबी गरे। विकट भूगोलमा सङ्घर्ष गरेर प्राविधिक जनशक्ति उत्पादन गर्न साहस गर्ने विद्यालय परिवारको उच्च प्रशंसा गर्दै उनले उक्त विद्यालयलाई सहयोग गर्न ऊर्जा मिलेको बताए।

कर्णाली प्रदेशसभा सदस्य पदमबहादुर रोकायाले टोप्लालाई प्राथमिकतामा राखेर भोलिका लागि जाजरकोट र जुम्लाको मिलनबिन्दु बनाइने बताए। निर्माण व्यवसायीले ६०–७० प्रतिशत घटेर लिने र प्राविधिसँग मिलेर खाने संस्कारका कारण सडक निर्माणमा ढिलाइ भएको आरोप लगाउँदै उनले त्यस क्षेत्रको सडक निर्माणका लागि प्रदेश सरकारले चालू आवमा पाँच करोड विनियोजन गरेको जर्नाए ।

प्राविधि शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) कर्णाली प्रदेशका निर्देशक हेमन्त पराजुलीले यहाँको प्राविधिक क्षेत्रको विकासका लागि प्रदेश कार्यालय स्थापना भएको बताए।

दुर्गमको प्राविधिक विद्यालयमा अध्ययनरत विद्यार्थीको उज्ज्वल भविश्य निर्माणका लागि आफ्नो क्षेत्रबाट सहयोग गर्ने उनको भनाइ थियो । यता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि प्रसार अधिकृत धनबहादुर कठायतले जागिरका साथै कृषि व्यवसाय सञ्चालन गर्न सक्नेगरी अध्ययन गर्न विद्यार्थीलाई सुझाए । सरकारले सिटिइभिटीमा अध्ययन विद्यार्थी लक्षित कार्यक्रम ल्याउनसके कृषि व्यवसाय प्रवद्र्धन हुने अधिकृत कठायतको तर्क थियो ।

कालिका मावि टोप्ला जुम्लाका अध्यक्ष सुरतबहादुर शाहीले विसं २०७५ को तिहारमा देउसी खेलेर ३० सङ्कलन गरेको रकमबाट कृषि बालीविज्ञान विषयको अध्ययन अध्यापन शुरु गरेको बताए। “विद्यालयमा जनशक्ति र संरचना दुवैको अभाव छ”, अध्यक्ष शाहीले भने, “सरकारले हाम्रो पीडा बुझ्छ भन्ने आशामा छौँ ।”

उक्त विद्यालयका प्रधानाध्यापक मानबहादुर शाहीले चार ५० विद्यार्थी भएको कालिका माविमा प्रावि र निमाविका तीन÷तीन गरी जम्मा छ जना शिक्षक भएको र बाँकी १० जना शिक्षक निजी पाल्नुपर्ने बाध्यता रहेको जनाए। विद्यार्थीको आवास आवश्यकता भएको जनाउँदै प्रधानाध्यापक शाहीले ११ र १२ कक्षामा भने ५५ जना विद्यार्थी रहेको ६० छात्रा रहेको बताएक थिए।

अन्तक्र्रियामा छात्रा रिना शाहीले ल्याब, इन्टरनेट र प्रयोगात्मक सामग्रीको अभाव भएकाले सरकारले आफ्नो भविश्यका लागि चाँडै सोचिदिन आग्रह गगरिन् । छात्र हेमन्त शाहीले भने सरकारले शहरभन्दा दुर्गमका शैक्षिक संस्था र त्यसमा पनि प्राविधिक शिक्षालय निर्माणमा जोड दिन सरकारलाई अनुरोध गरे।

हिउँदे सिजनको १० दिने अवधिमा कालिका मावि टोप्लाका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, वडाध्यक्ष, शिक्षक र विद्यार्थीसहितले दार्जिलिङ, इलाम, पोखरा, चितवन र भरतपुरदेखि सुर्खेतको बड्डीचौर कृषि विद्यालयको अध्ययन अवलोकन गरेको प्रअ शाहीले जानाकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *