भाल्भेर्डेलाई बर्खास्त गर्दै बार्सिलोना, जाभीलाई ल्याउने तयारी!

डिसी नेपाल
२७ पुष २०७६ २०:५०

एजेन्सी । बार्सिलोनाले क्लबका लिजेण्ड खेलाडी जाभीलाई पुन क्याम्प नोउमा फर्काउने तयारी गरेको छ । ३९ वर्षीय जाभीलाई क्लबले प्रशिक्षकको भूमिकामा बार्सिलोना फर्काउन लागेको अन्तर्राष्ट्रिय खेल अनलाईन गोल डट कमले उल्लेख गरेको छ।

स्पेनिस महारथी क्लबले जाभीलाई अर्नेस्टो भाल्भेर्डेको स्थानमा प्रशिक्षक बनाउने तयारी गरेको छ । रिपोर्टका अनुसार भाल्भेर्डेको कार्यकाल सकिने बित्तिकै बार्सिलोनाले नयाँ प्रशिक्षको रुपमा जाभीलाई नियुक्त गर्नेछ ।

पूर्व मिडफिल्डर जाभीसँग क्लबका निर्देशक ओस्कर ग्रउ सहितको टोलीले छलफल गरिरहेको छ । जाभीको प्रशिक्षणमा रहेको कतारी क्लब अल–सदले जनवरी १७ मा कतार कपको फाइनल खेल्दैछ । त्यसपछि जाभी बार्सिलोना फर्कने बिषयले औपचारिक रुपमा प्रवेश पाउनेछ ।

जाभीले सिजनको अन्त्यमा बार्सिलोना फर्कने/नफर्कने बिषयमा औपचारिक रुपमा बोलेका छैनन् । भाल्भेर्डेको भविष्यको बारेमा क्लबले सोमबार छलफल गर्दैछ ।

भाल्भेर्डेलाई पदबाट बर्खास्त गरेमा जाभी कतार कप लगत्तै नयाँ प्रशिक्षकको रुपमा बार्सिलोना आउने छन् । तत्काल भाल्भेर्डेको पद जोगिए पनि सिजनको अन्त्यसंगै जाभीलाई क्याम्प नोउ उतार्ने बार्सिलोनाको तयारी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *