क्विक्स कपको उपाधि जन ज्योतिलाई

काठमाडौं । जन ज्योति पब्लिक स्कुलले क्विक्स कप अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको फाइनलमा दुर्गा माविलाई २–१ ले हराउँदै जन ज्योतिले उपाधि जितेको हो ।
अलिषा थापाले ५१ औं मिनेटमा गरेको निर्णायक गोलमा जन ज्योति विजयी भएको थियो । खेलमा अग्रता भने दुर्गा माविले लिएको थियो । सुनिला ब्लोनले २६ औं मिनेटमा दुर्गा माविका लागि गोल गरेकी थिइन् । तर, ३५ औं मिनेटमा गोल गर्दै जन ज्योतिलाई खेलमा फर्काएकी थिइन् ।
महादेव माविले प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । ज्वालामुखी माविलाई १–० ले हराउँदै महादेव माविले तेस्रो स्थान प्राप्त गरेको थियोउ । प्रतिक्षा चौधरीले ४८ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो । विजेता जन ज्योतिले ३ लाख, दोस्रो दुर्गा मालिे १ लाख ५० हजार तथा चौथो भएको ज्वालामुखीले ५० हजार रुपैयाँ प्राप्त गरे ।
जन ज्योतिकी विशिना सुनार उत्कृष्ट गोलकिपर, दिक्षा खान उत्कृष्ट फरवार्ड र अमृत केसी उत्कृष्ट प्रशिक्षक घोषित भए । त्यस्तै महादेव माविकी प्रक्षिष चौधरी उत्कृष्ट रक्षक र दुर्गा माविकी सुनिता सुनार उत्कृष्ट मिडफिल्ड चुनिए । उत्कृष्टले समान ५ हजार रुपैयाँ प्राप्त गरे ।
Facebook Comment