काठमाडौंमा अवतरणका क्रममा नेपाल एयरलाइन्सको विमानको टायर पन्चर

डिसी नेपाल
२८ पुष २०७६ १०:०४

काठमाडौं। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा नेपाल एयरलाइन्सको विमानको टायर पन्चर भएको छ । विमान सोलुखुम्बुको फाप्लुबाट आएको थियो ।

फाप्लु विमानस्थलबाट आएको नाइनएन एबीयू कलसाइनको ट्वीन अटर विमान विहान ८ बजेर ३४ मिनेटमा अवतरण गरेको थियो । अवतरणका क्रममा टायर पन्चर भए पनि अन्य क्षति भने नभएको विमानस्थलका एक अधिकारीले बताए । विमानमा भएका सबै यात्रुहरु सकुशल छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *