कोरियामा नेपाली युवाले गरे बंगुर फार्ममा झुन्डिएर आत्महत्या
सौल । कोरियामा एक नेपाली युवाले आत्महत्या गरेका छन् । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत साढे २ वर्षअघि यहाँ आएका पाँचथरका विवेक राईले शनिबार राती आत्महत्या गरेका हुन् ।
राई छल्लाबोक्दो छङ्गुपसिमा रहेको एक बंगुर फार्ममा काम गर्थे । उनी फार्म भित्रै आइतबार बिहान झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
साथमा बस्ने सहकर्मी डम्बर थाम्सुहाङका अनुसार उनी शनिबार राती सँगै खाना खाएर सुतेका थिए । उनले राई कतिबेला बाहिर निस्के भन्ने कुरा थाहा नपाएको बताएका छन् । बिहान उठेर हेर्दा राईलाई कोठामा नदेखेपछि खोज्ने क्रममा फार्मकै भित्र भ्याङ्ग हालेर झुन्डिएको अवस्थामा फेला पारेको उनले बताए।
विवेकले आत्महत्या गर्नुको कारण खुलेका छैन । प्रहरीले घटनास्थलको निरीक्षण गरि उनको शवलाई पोस्टमार्टमको लागि स्थानीय अस्पतालमा पुर्याएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी गराएको छ ।
मृतक राई अविवाहित रहेको बुझिएको छ ।
Facebook Comment