मानवअधिकार हनन् हुनेगरि सरकारले कुनै विधेयक ल्याएको छैन : मन्त्री ज्ञवाली

डिसी नेपाल
२८ पुष २०७६ १७:२३

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले मानवअधिकार हनन हुनेगरि कुनैपनि विधेयक नल्याएको बताए । संसदमा पेस भएको सूचना प्रविधि सम्बन्धी विधेयकलाई संकेत गर्दै मन्त्री ज्ञवालीले मानवअधिकारलाई संकुचित पार्छ भन्ने चिन्ता व्यक्त भइरहेको बताउँदै मानवअधिकारका सिद्धान्त, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठीत गर्ने मनसाय सरकारको नभएको बताए ।

सोमबार राष्ट्रिय मानवअधिकार आयोगले गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले अभिव्यक्ति स्वतन्त्रता छ भन्दैमा अर्काको मानव अधिकारलाई हनन गर्ने अधिकार संविधानले पनि नदिएको बताए । उनले स्वतन्त्र छु भन्दैमा अरु कसैको आँखा घोच्ने गरी हात फैलाउने किसिमले मानवअधिकारको व्याख्या गर्न नहुने समेत बताए ।

उनले सरकार देश भित्र संविधानले निर्दिष्ट गरेका मानव अधिकारका विषयहरुलाई कार्यान्वयन गर्ने र अन्तर्राष्ट्रिय रुपमा समेत विस्तार गर्ने रचनात्मक भूमिका खेल्न तत्पर रहेको समेत बताए । उनले कसैलाई देखाउन तथा सन्तुष्ट पार्नका लागि मात्र मानवअधिकारको कुरा गर्न नहुने समेत बताए । उनले मानव अधिकार, शान्ति र विकासलाई एकसाथ लैजान नसके मानवअधिकार सुनिश्चित हुन नसक्ने समेत बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *