संवैधानिक पदमा बसेर बार्गेनिङ गर्ने नैतिक अधिकार उपसभामुखसँग छैन : देव गुरु

डिसी नेपाल
२८ पुष २०७६ १७:४९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरुङले उपसभामुखको हैसियतामा डा. शिवमाया तुम्बाहाम्फे सभामुखको उम्मेद्वार बन्न नपाउने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बेल्दै नेता गुरुङले उपसभामुख पदमा रहेर सभामुखको उम्मेद्वारी दिन नमिल्ने संवैधानिक व्यवस्था रहेको दावी गरे ।

उनले उम्मेद्वार बन्नका लागि उपसभामुखबाट अनिवार्य राजिनामा दिनुपर्ने बताउँदै पछिल्लो समय विकास भइरहेको घटनाक्रममले संवैधानिक संकट आउनसक्ने बताए । उनले संवैधानिक रुपमा सभामुखमा उम्मेद्वारी दिने बाटो खुल्ला नभएकोले नेकपाले उम्मेद्वार तय नगरेको समेत बताए ।

नेता गुरुङले संवैधानिक पदमा बसेर बार्गेनिङ गर्ने नैतिक अधिकार उपसभामुखसँग नभएको समेत बताए । उनले व्यक्तिगत इच्छा, आकांक्षा पुरा गर्नका लागि संसद अवरुद्ध गर्न नहुने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *